Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कर्णालीको गहिराइ बुझ्ने र सभ्यता जोगाउने पार्टी रास्वपा : बालेन शाह

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन ७, २०८२
In निर्वाचन
0

७ फागुन , सुर्खेत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले कर्णालीको समग्र विकास र सभ्यता संरक्षणका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । ‘हामी आयौं परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गर्दै उनले कर्णाली नेपालको सबैभन्दा लामो नदी, सबैभन्दा ठूलो जिल्ला, सबैभन्दा ठूलो गाउँपालिका र सबैभन्दा गहिरो ताल रहेको क्षेत्र भएको उल्लेख गरे ।

ती विशेषता र सम्भावनाको गहिराइलाई अहिले सम्म कुनै पनि सरकार वा राजनीतिक दलले सही रूपमा नबुझेको दाबी गर्दै त्यसलाई बुझ्ने पार्टी रास्वपा नै भएको उनले बताए ।बालेन शाहले डोल्पामा उत्पादन हुने सुन जस्तै मूल्यवान यार्सागुम्बा विश्वभर पुग्न सक्ने भए पनि कर्णालीको स्याउ र मार्सी चामल जस्ता उत्पादन भने देशका प्रमुख बजारसम्म सहज रूपमा पुग्न नसक्नु विडम्बनापूर्ण भएको टिप्पणी गरे ।

उनले रास्वपाले कर्णालीका उत्पादनलाई कम्तीमा देशव्यापी रूपमा पुर्‍याउने नीति लिएको स्पष्ट पारे ।सिंजा उपत्यकालाई नेपाली र खस भाषाको उद्गमस्थलका रूपमा उल्लेख गर्दै उनले यहाँको भाषा, लिपि, कला, संस्कृति, नाचगान र जात्रा सभ्यताको पहिचान भएको बताए । कर्णालीको मौलिक सभ्यता संरक्षण गर्ने पार्टीका रूपमा रास्वपा अघि बढ्न चाहेको उनको भनाइ थियो ।

उनले कर्णाली क्षेत्रमा अझै पनि भोकमरी, बालबालिका तथा मातृ मृत्युदर जस्ता समस्या विद्यमान रहेको उल्लेख गरे । कर्णालीको गरिबी र पीडालाई राजनीतिक रूपमा प्रयोग गर्ने नेतृत्व धेरै भए पनि त्यसलाई गहिरो रूपमा बुझ्ने नेतृत्वको अभाव रहेको उनले टिप्पणी गरे ।

कर्णालीवासीका सपना बोकेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले रास्वपाले सार्वजनिक गरेको ‘बाँचापत्र’ मार्फत त्यस अभियानको सुरुवात गरिएको जानकारी दिए । ‘कर्णालीका सपना, हाम्रा पनि सपना’ भन्ने भावना सहित कर्णालीको विकास र समृद्धिका लागि पार्टीले काम गर्ने उनले बताए ।

  • 27shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

निर्वाचन

रेनु दाहाललाई पराजित गर्दै सोविता गौतम निर्वाचित

फाल्गुन २३, २०८२
निर्वाचन

भारी मतकासाथ भक्तपुर–२ मा रास्वपाका राजीव खत्री विजयी

फाल्गुन २३, २०८२
निर्वाचन

झापा ५ मा बालेन ३८ हजार मतले अगाडि

फाल्गुन २३, २०८२
निर्वाचन

ललितपुर– २ मा रास्वपाका जगदीश खरेल विजयी

फाल्गुन २३, २०८२
निर्वाचन

चितवन–२ मा रास्वपा सभापति लामिछाने भारी मतले बिजयी

फाल्गुन २३, २०८२
निर्वाचन

विमलेन्द्र निधिलाई हराउँदै धनुषा ३ मा रास्वपाका मनिष झाको उदय

फाल्गुन २३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend