Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

इरानको युद्धघोष: पर्यटकीय गन्तव्य देखि ऊर्जा केन्द्र सम्म निशानामा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र ७, २०८२
In अन्तराष्ट्रिय
0

७ चैत,एजेन्सी : इरान र इजरायल बीच बढ्दो सैन्य टकरावका कारण विश्वभरको सुरक्षा व्यवस्थामा नयाँ चुनौती थपिएको छ। हालै इरानी सेनाका मुख्य प्रवक्ता जनरल अबोलफजल शेकार्चीले आफ्ना शत्रुहरूलाई लक्षित गर्दै विश्वभरका पर्यटकीय क्षेत्र, पार्क र मनोरञ्जन स्थलहरू अब सुरक्षित नरहने चेतावनी दिएका छन्। अल जजीराका अनुसार इरानले मध्यपूर्व भन्दा बाहिर पनि ‘छापामार’ शैलीका आक्रमणहरू विस्तार गर्न सक्ने धम्की दिए पछि विश्वव्यापी रूपमा चिन्ता बढेको हो।

यो तनावको शृङ्खला तब सुरु भयो जब इजरायलले इरानको विशाल ‘साउथ पार्स’ प्राकृतिक ग्यास क्षेत्रमा बमबारी गर्‍यो। यसको प्रतिशोध स्वरूप इरानले खाडी मुलुकका ऊर्जा केन्द्रहरूमा आक्रमण तीव्र पारेको छ। शुक्रबार बिहान मात्र इरानले कुवेतको महत्वपूर्ण मिना अल–अहमदी तेल प्रशोधन केन्द्रमा दुई चरणमा ड्रोन आक्रमण गरेको छ, जसका कारण त्यहाँ भीषण आगलागी भएको बताइएको छ। दैनिक ७ लाख ३० हजार ब्यारेल तेल प्रशोधन गर्ने क्षमता भएको यो केन्द्रमा भएको क्षतिले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत हलचल ल्याएको छ।

यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानी तेलमाथिको प्रतिबन्ध खुकुलो पार्न सक्ने संकेत गरे पनि इरानले त्यसलाई अर्थहीन भनेको छ। इरानी तेल मन्त्रालयका प्रवक्ता सामन घोड्दुसीले हाल इरानसँग अन्तर्राष्ट्रिय बजारका लागि कुनै अतिरिक्त कच्चा तेल बाँकी नरहेको स्पष्ट पार्दै अमेरिकी भनाइ केवल खरिदकर्तालाई सान्त्वना दिने खेल मात्र भएको टिप्पणी गरेका छन्।

अर्को तर्फ, इरानले संयुक्त अरब इमिरेट्स (युएई) लाई पनि कडा चेतावनी दिएको छ। यदि युएईको भूमि प्रयोग गरेर रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलमार्ग नजिकका इरानी टापुहरूमा पुन: आक्रमण भएमा युएईको ‘रास अल–खैमाह’ शहरमा ध्वंसात्मक प्रहार गर्ने इरानको धम्की छ। विश्वको झन्डै २० प्रतिशत तेल र ग्यास ढुवानी हुने यस क्षेत्रमा बढ्दो तनावले गर्दा अहिले सम्पूर्ण खाडी क्षेत्र युद्धको सँघारमा पुगेको देखिन्छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

चैत्र १८, २०८२
अन्तराष्ट्रिय

प्रधानमन्त्री बालेनलाई मोदीको शुभकामना— ‘तपाईंसँग सहकार्य गर्न उत्सुक छु’

चैत्र १३, २०८२
अन्तराष्ट्रिय

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

चैत्र ३, २०८२
अन्तराष्ट्रिय

मोज्तबा खामेनेई इरानका नयाँ सर्वोच्च नेता, देशभर उत्सव

फाल्गुन २५, २०८२
अन्तराष्ट्रिय

दुबईमा ड्रोन खस्यो, अवस्था नियन्त्रणमा

फाल्गुन २३, २०८२
अन्तराष्ट्रिय

इजरायलद्वारा इरानमाथि आक्रमण, देशभर आपतकाल घोषणा

फाल्गुन १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend