१३ चैत,काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिँदै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत शुभकामना दिँदै मोदीले बालेनको नियुक्तिलाई नेपाली जनताले उनको नेतृत्व प्रति दर्शाएको बलियो विश्वासको परिणामका रूपमा चित्रण गर्नुभयो।
बालेनले प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेको अवसरमा खुसी व्यक्त गर्दै मोदीले आगामी दिनमा नेपाल र भारतबीचको मित्रतालाई नयाँ उचाइमा पुर्याउन आफू नजिकबाट सहकार्य गर्न उत्सुक रहेको उल्लेख गर्नुभएको छ।
दुवै देशका जनताको पारस्परिक हित र साझा समृद्धिका लागि वर्तमान सहकार्यलाई अझ प्रभावकारी बनाउँदै मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा समेत भारतीय प्रधानमन्त्रीले राख्नु भएको छ।




















आफ्नो प्रतिकृया दिनुहोस्