काठमाडौं : राष्ट्रिय सभाका १९ सिटका लागि मतदान सकिएको छ । निर्वाचन आयोगका अनुसार विहान ९ बजे देखि दिउँसो ३ बजे सम्म भएको मतदानमा ९९.३२ प्रतिशत मत खसेको छ ।सातै प्रदेशका राजधानी स्थित निर्वाचन अधिकृतको कार्यालयले तोकिएका मतदान केन्द्रमा भएको मतदान शान्तिपूर्ण रुपले सम्पन्न भएको आयोगले जनाएको छ ।
आयोगका सह-सचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सबै प्रदेशमा ९९ प्रतिशत माथि मत खसेको हो ।कोशी प्रदेशमा ९९.२७ प्रतिशत, मधेशमा ९९.७३, बागमतीमा ९८.५६, गण्डकीमा ९९.५७, लुम्बिनीमा ९९.३४, कर्णालीमा एकसय प्रतिशत र सुदुरपश्चिममा ९८.६८ प्रतिशत मत खसेको प्रवक्ता पौडेलले जानकारी दिए ।
सबै प्रदेशमा रहेका २०४६ मतदाता मध्ये २०३२ जनाले मतदान गर्दा ९९.३२ प्रतिशत मत खसेको उनले बताए ।आयोगका अनुसार बिहीबार बेलुकासम्म परिणाम समेत सार्वजनिक हुनेछ । निर्वाचनमा ५१ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।



















आफ्नो प्रतिकृया दिनुहोस्