Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र २१, २०८२
In समाचार
0

२१ चैत,काठमाडौं (आकांक्षा धामी) । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री चैत १३ गते बने । सुधन गुरुङ गृहमन्त्री नियुक्त भएको एक साता भित्रै उच्च–प्रोफाइल व्यक्तिहरूको धमाधम पक्राउसँगै सरकार आक्रामक कार्यशैलीमा उत्रिएको छ ।


१३ गते नियुक्त भएर २० गते सम्म एक हप्तामा आइपुग्दा गृहमन्त्रीले सात जनालाई प्रकाउ गरेका छन् । उनी हिन्दी फिल्म झै एक्सनमा उत्रिएर काम गरिरहेका छन् ।बालेन्द्र शाह नेतृत्वको सरकारमा शक्तिशाली मानिने गृह मन्त्रालयको नेतृत्वमा सुधन गुरुङको नाम प्रस्तावका रूपमा सार्वजनिक हुँदा धरैले आश्चर्य मानेका थिए ।


नमानून् पनि किन, ‘सांसद्हरूलाई तलबै नदिऊँ है’ भन्दै उनले दिएका अभिव्यक्ति त कहिले पत्रकार सम्मेलनमा ‘हाम्रो एजेन्डा के रे.’ भन्दै सोधेको पृष्ठभूमि । सार्वजनिक भएका यस्तै यस्तै स–साना दृश्यका कारण सुधनलाई गृहमन्त्रीका रूपमा अघि सारिएकोमा धेरैले आश्चर्य व्यक्त गरेका थिए । कुनैबेला संविधान संशोधनका विषयमा दिएको एक अभिव्यक्ति पनि धेरैले चासोका साथ लिएका थिए ।


तर, गृहमन्त्री नियुक्त भए पछिका एक सातामा उनले आफू माथि उठेका हरेक प्रश्नको जवाफ कामबाट दिने प्रयास गरिरहेका छन् । तर उनले लिएका कदमहरु ‘प्रतिशोध’,‘पूर्वाग्रही’ र ऐन–कानुनसँग बाझिने किसिमका भएको भनेर आलोचना समेत भइरहेको छ ।


पहिलेको सरकारका पालामा अड्किएका अनुसन्धानका फाइलहरू उनले धमाधम खोलिरहेका छन् । जसले ‘हाइ–प्रोफाइल’हरुलाई टाउको दुखाइ बनेको छ ।
गृहमन्त्रीको एक हप्ता
चैत १३ गते (नियुक्ति दिन)

गृहमन्त्री नियुक्त भएकै दिन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न निर्देशन दिए ।
चैत १४ गते (शनिबार)
चैत १४ गते केपी ओली र रमेश लेखकलाई निवासबाट पक्राउ गरियो । प्रकाउ गर्दा केहीबेर ओली निवासमा तनाव सिर्जना भयो भने लेखक स्वेच्छाले उपस्थित भए । पक्राउ नहुँदा सम्म गुरुङ प्रहरी मुख्यालयमै बसेर निर्देशन दिइरहेका थिए । सोही दिन जावलाखेल र सात दोबाटोमा निरीक्षण गर्दै एमाले नेता कर्णबहादुर मल्ललाई समेत पक्राउ गरियो ।
चैत १५ गते (आइतबार)
चैत १५ गते आइतबार गुरुङले सिंहदरबारस्थित क्यान्टिनमा पुगेर सर्वसाधारणसँग भेटघाट गरे, अनौपचारिक रूपमा संवाद गर्दै ‘भीआईपी शैली’ अन्त्यको संकेत दिए । १५ गते नै कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई समेत पक्राउ गर्न आदेश दिए ।
चैत १६ गते (सोमबार)
चैत १६ गते सोमबार प्रहरी प्रधान कार्यालय निरीक्षण गर्न पुगे । निरीक्षणका क्रममा उनले तल्लो तहका प्रहरीको समस्या सुन्दै तलब, पोषण र सरुवा प्रणाली सुधार गर्ने प्रतिबद्धता जनाए ।
चैत १७ गते (मंगलबार)
चैत १७ गते (मंगलबार) ओलीको रिहाई गर्न माग राख्दै प्रदर्शनका क्रममा दुव्र्यवहारमा परेका ज्येष्ठ नागरिकलाई भेट्न उनी घरमै पुगे । घटनामा संलग्न व्यक्तिलाई समेत पक्राउ गरियो ।
चैत १८ गते (बुधबार)
चैत १८ गते (बुधबार) केपी शर्मा ओली र रमेश लेखक सम्बन्धी अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरमा पुगेर उनले प्रत्यक्ष अनुगमन गरे ।
चैत १९ गते (बिहीबार)
चैत १९ गते (बिहीबार) पशुपतिनाथ मन्दिर दर्शनका क्रममा उनले सर्वसाधारणलाई प्राथमिकता दिँदै सवारी व्यवस्थापनमा आफैं संलग्न भए । त्यसपछि संसद् बैठकमा उपस्थित भइ अध्यादेशहरू पेस गरे ।
चैत २० गते (शुक्रबार)
चैत २० गते (शुक्रबार) घाइते आन्दोलनकारीलाई केएमसी अस्पतालमै पुगेर भेटे । सोही दिन सामाजिक सञ्जालमा विश्रामको तस्बिर पोस्ट गर्दै ‘जनताभन्दा माथि सरकार हुँदैन’ सन्देश दिए ।

गुरुङ गृहमन्त्री भए पछि प्रकाउ परेका ‘हाइ–प्रोफाइलहरु
१.केपी शर्मा ओली–पूर्व-प्रधानमन्त्री
२. रमेश लेखक–पूर्व-गृहमन्त्री
३. कर्ण मल्ल–एमाले नेता
४. रेखा शर्मा–एमाले नेता
५. दीपक खड्का–पूर्व-उर्जामन्त्री
६. छवि रिजाल–काठमाडौंका पूर्व-प्रमुख जिल्ला अधिकारी
७. दीपक भट्ट–व्यवसायी
८. राजकुमार अर्याल
९. शंकर अग्रवाल, व्यवसायी
१०. सुलभ अग्रवाल(व्यवसायी)

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२
समाचार

म्याद बुझेर काठमाडौं फर्किए रास्वपा सभापति रवि लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चैत्र २०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal