१८ चैत,काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सर्वसाधारणका समस्या प्रत्यक्ष सुन्ने उद्देश्यले मन्त्रालयमै नागरिकलाई बोलाएर गुनासा सुन्ने पहल गरेका छन्। गाउँ–गाउँबाट आएका नागरिकहरूले आफ्ना पीडा र समस्या गृहमन्त्रीसमक्ष राखेका थिए।
गुनासा प्रस्तुत गर्ने क्रममा अधिकांशले न्याय प्राप्त गर्न अझै कठिनाइ रहेको बताएका छन्। शक्ति र पहुँचका आधारमा अन्याय सहनुपर्ने अवस्था रहेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

कार्यक्रममा सहभागी नागरिकहरूले गृहमन्त्री सँग प्रत्यक्ष भेटघाटको अवसर पाएकोमा खुसी व्यक्त गर्दै आफ्ना विगतका अनुभवहरू पनि सुनाएका थिए। एक सहभागीले भने, ‘धेरै गृहमन्त्री आए, तर तपाईँजस्तो सर्वसाधारणको गुनासो सुन्ने व्यक्तित्व भेटिएन। हाम्रो कुरा सुन्नुभएकोमा धन्यवाद।’
गृहमन्त्री गुरुङले उठेका गुनासाहरूलाई गम्भीरतापूर्वक लिँदै समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए। उनले राज्यका सेवा–सुविधा सबै नागरिक सम्म पुर्याउने र अन्यायमा परेकालाई न्याय दिलाउने तर्फ आफू प्रतिबद्ध रहेको स्पष्ट पारे।



















आफ्नो प्रतिकृया दिनुहोस्