Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ ६, २०८३
In समाज
0

६ भदौ,मधेश प्रदेश,(आशिष कुमार मण्डल): पछिल्लो समय भान्छामा प्रयोग हुने एलपीजी ग्यास सिलिन्डर चुहावट भई आगलागी तथा विस्फोट हुने घटनाहरू निरन्तर बढ्दै गएका छन्। यस्ता दुर्घटनाले क्षणभरमै परिवारको खुसी र सर्वस्व छाने मात्र गर्दैन, गम्भीर जनधनको क्षति समेत पुर्‍याउँछ।

तर अधिकांश नागरिकलाई दुर्घटना पछिका कानुनी अधिकार, बीमा सुविधा र प्राविधिक छानबिन प्रक्रिया बारे जानकारी नहुँदा उनीहरू उचित क्षतिपूर्ति पाउनबाट वञ्चित भइरहेका छन्।नेपाल आयल निगमको नियमावली अनुसार प्रत्येक ग्यास बोटलिङ कम्पनीले अनिवार्य रूपमा थर्ड पार्टी दायित्व बीमा गरेका हुन्छन्। सिलिन्डरको बनावटमा त्रुटि, ग्यास चुहावट वा कम्पनीको कुनै पनि लापरबाहीका कारण दुर्घटना भएमा पीडित परिवारले बीमा कम्पनी मार्फत क्षतिपूर्ति पाउने स्पष्ट कानुनी व्यवस्था छ।

अक्सर आगलागी पछि सबै सामान जलेर नष्ट हुने भएकाले दुर्घटनाको कारण पत्ता लाग्दैन भन्ने भ्रम आममानिसमा पाइन्छ। तर नेपाल प्रहरीको फरेन्सिक टोली, बीमा सर्भेयर र प्राविधिकहरूले धातुको बनोट, पित्तलको भल्भ, रेगुलेटरको स्थिति र विस्फोटको ढाँचा अध्ययन गरी दुर्घटना ग्यासको प्राविधिक गडबडीले भएको हो या मानवीय लापरबाहीले भन्ने तथ्य वैज्ञानिक रूपमा पत्ता लगाउँछन्।

उपभोक्ता संरक्षण ऐन, २०७५ ले प्रत्येक नागरिकलाई गुणस्तरीय वस्तु प्रयोग गर्ने र दोषपूर्ण उत्पादनका कारण क्षति भएमा क्षतिपूर्ति पाउने अधिकार सुनिश्चित गरेको छ। दुर्घटना भइहालेमा अत्तालिनुको सट्टा तुरुन्तै घटनास्थलको तस्बिर तथा भिडियो खिचेर राख्नु पर्छ। लगत्तै प्रहरीलाई खबर गरी घटनास्थल मुचुल्का तयार पार्ने, सम्बन्धित ग्यास डीलर र कम्पनीलाई लिखित जानकारी गराउने तथा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने प्रक्रिया थाल्नु पर्छ। आफ्नै घरको सम्पत्ति बीमा गरिएको छ भने बीमा कम्पनीलाई पनि तत्काल सूचित गर्नु पर्छ। (ग्यास प्रयोग गर्दा सुँघेर वा साबुनको पानी लगाएर चुहावट नियमित जाँच गरौँ, गुणस्तरीय पाइप र रेगुलेटर मात्र प्रयोग गरौँ र सम्भावित दुर्घटनाबाट आफू र आफ्नो परिवारलाई सुरक्षित राखौँ।)

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३
समाज

रेडक्रस धनुषाका सभापति पंकज महतोलाई जानकी आँखा अस्पतालको समेत जिम्मेवारी

अशोज १४, २०८३
समाज

संस्थागत सम्पत्ति हस्तान्तरणमा ढिलाइ, रेडक्रस धनुषाको ध्यानाकर्षण

अशोज ५, २०८३
धर्म

हर्षोल्लासका साथ मनाइँदै श्रीकृष्ण जन्माष्टमी: जनकपुरका गोपाल मन्दिर, पाटन र मथुरा-वृन्दावन सहित विश्वका मन्दिरहरूमा भक्तजनको घुइँचो

भदौ १९, २०८३
समाज

मधेस प्रदेशमा भव्य रूपमा मनाइयो सन्त रविदास जयन्ती

माघ १८, २०८२
समाज

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

पुस २४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३

रेडक्रस धनुषाका सभापति पंकज महतोलाई जानकी आँखा अस्पतालको समेत जिम्मेवारी

अशोज १४, २०८३

ज्ञानकूपको ६ करोड : गुठीको फाइलमा अड्कियो भवन, मेयरको चासोपछि तात्यो विवाद

अशोज १४, २०८३

विद्यालय समयमै कोचिङ सञ्चालनमा रोक लगाउन माग, नियम उल्लंघन गर्नेमाथि कारबाहीको आवश्यकता

अशोज १२, २०८३

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

अशोज १०, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend