Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

भारतीय राष्ट्रपति द्रौपदी मुर्मू सँग प्रधानमन्त्री बालेन्द्र शाहको शिष्टाचार भेटवार्ता

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
मंसिर ७, २०८३
In विशेष खबर
0

जनकपुर खबर | २३ नोभेम्बर २०२६, नयाँ दिल्ली

भारतको दुई दिने राजकीय भ्रमणमा रहनु भएका नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सँग नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता गर्नु भएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शाहले भ्रमणका क्रममा भारतीय राष्ट्रपतिसँग भेट गर्नु भएको हो। भेटका अवसरमा नेपाल–भारत बीचको ऐतिहासिक, सांस्कृतिक तथा बहुआयामिक सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल भएको छ।

भारतीय राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति मुर्मूले प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा स्वागत गर्दै सन् २०२६ मार्चमा सम्पन्न निर्वाचनमा उहाँको सरकारलाई प्राप्त जनादेशका लागि बधाई दिनु भएको थियो। साथै, नेपाली जनताको आकाङ्क्षा पूरा गर्ने प्रयासमा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

भेटका क्रममा राष्ट्रपति मुर्मूले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय क्षतिप्रति दु:ख व्यक्त गर्दै विपद्को कठिन समयमा भारतले नेपाललाई मानवीय तथा प्राविधिक सहयोग उपलब्ध गराएको उल्लेख गर्नुभयो। नेपालमा पुन:स्थापना र पुनर्निर्माणका प्रयासमा भारतले साझेदारका रूपमा सहयोग जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो।

जलवायु परिवर्तन दुवै देशका लागि साझा चुनौती भएको उल्लेख गर्दै उहाँले विपद् पूर्वसूचना प्रणाली र विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नेपाल र भारतबीच सहकार्य आवश्यक रहेको धारणा राख्नु भयो।

राष्ट्रपति मुर्मूले नेपाल–भारत सम्बन्ध साझा सभ्यतागत विरासत र दुवै देशका जनताबीचको गहिरो आत्मीय सम्बन्धमा आधारित रहेको बताउँदै प्रधानमन्त्री शाहको भ्रमणका क्रममा सार्वजनिक गरिएको संयुक्त दृष्टिकोणपत्रले विशेषगरी युवा पुस्ताको आकाङ्क्षालाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्नु भयो।

उक्त दृष्टिकोणपत्रले व्यापार तथा लगानी, पूर्वाधार, विकास साझेदारी, सम्पर्क सञ्जाल, सांस्कृतिक तथा जनस्तरको आदानप्रदानसँगै स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तन जस्ता नयाँ क्षेत्रमा भावी सहकार्यका लागि मार्गनिर्देशन गर्ने राष्ट्रपति मुर्मूको भनाइ थियो।

भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृत बहादुर राई, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे तथा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुभाष शर्मालगायत सहभागी हुनु हुन्थ्यो।

भारतीय पक्षबाट विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायत सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।प्रधानमन्त्री शाहको यो भ्रमण नेपाल–भारतबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने, द्विपक्षीय सहकार्य विस्तार गर्ने तथा साझा विकासका नयाँ सम्भावना पहिचान गर्ने उद्देश्यसँग जोडिएको छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विशेष खबर

भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए, २ खर्ब ४० अर्बको विकास सहायता घोषणा देखि जनकपुर–अयोध्या रेल सेवा सम्मका उपलब्धि

मंसिर ७, २०८३
विशेष खबर

अयोध्या–जनकपुर जोड्ने रेल सेवाको शुभारम्भ, प्रधानमन्त्री बालेन्द्र शाह र नरेन्द्र मोदीले देखाए हरियो झण्डा

मंसिर ७, २०८३
विशेष खबर

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदी बीच नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता

मंसिर ७, २०८३
विशेष खबर

भारतसँगको सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता, सम्बोधनको पूर्णपाठ सहित

मंसिर ७, २०८३
विशेष खबर

हैदरावाद हाउसमा प्रधानमन्त्री बालेन्द्र शाह र नरेन्द्र मोदी बीच औपचारिक भेटवार्ता सुरु

मंसिर ७, २०८३
विशेष खबर

राष्ट्रपति भवनमा प्रधानमन्त्री बालेन्द्र शाहलाई भव्य स्वागत, भारतीय सेनाद्वारा गार्ड अफ अनर प्रदान

मंसिर ७, २०८३

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए, २ खर्ब ४० अर्बको विकास सहायता घोषणा देखि जनकपुर–अयोध्या रेल सेवा सम्मका उपलब्धि

मंसिर ७, २०८३

अयोध्या–जनकपुर जोड्ने रेल सेवाको शुभारम्भ, प्रधानमन्त्री बालेन्द्र शाह र नरेन्द्र मोदीले देखाए हरियो झण्डा

मंसिर ७, २०८३

भारतीय राष्ट्रपति द्रौपदी मुर्मू सँग प्रधानमन्त्री बालेन्द्र शाहको शिष्टाचार भेटवार्ता

मंसिर ७, २०८३

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदी बीच नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता

मंसिर ७, २०८३

भारतसँगको सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता, सम्बोधनको पूर्णपाठ सहित

मंसिर ७, २०८३

हैदरावाद हाउसमा प्रधानमन्त्री बालेन्द्र शाह र नरेन्द्र मोदी बीच औपचारिक भेटवार्ता सुरु

मंसिर ७, २०८३

राष्ट्रपति भवनमा प्रधानमन्त्री बालेन्द्र शाहलाई भव्य स्वागत, भारतीय सेनाद्वारा गार्ड अफ अनर प्रदान

मंसिर ७, २०८३

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकर बीच शिष्टाचार भेटवार्ता

मंसिर ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend