Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

अयोध्या–जनकपुर जोड्ने रेल सेवाको शुभारम्भ, प्रधानमन्त्री बालेन्द्र शाह र नरेन्द्र मोदीले देखाए हरियो झण्डा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
मंसिर ७, २०८३
In विशेष खबर
0

जनकपुर खबर | २३ नोभेम्बर २०२६, जनकपुरधाम

नेपालको मधेश प्रदेश स्थित जनकपुरधाम र भारतको उत्तर प्रदेश स्थित अयोध्या बीच प्रत्यक्ष रेल सेवा सञ्चालन गर्ने उद्देश्य सहित ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवाको सोमबार औपचारिक शुभारम्भ गरिएको छ। भारतको राजकीय भ्रमणमा रहनु भएका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्ली बाट संयुक्त रूपमा हरियो झण्डा देखाएर रेल सेवाको शुभारम्भ गर्नु भएको हो।

नयाँ दिल्ली स्थित हैदरावाद हाउसमा सम्पन्न उच्चस्तरीय द्विपक्षीय वार्ता पछि आयोजित कार्यक्रममा दुवै प्रधानमन्त्रीले रेल सेवाको उद्घाटन गर्नुभएको हो। अयोध्याधाम रेलवे स्टेसनमा आयोजित विशेष कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायत भारतीय अधिकारीहरूको उपस्थिति रहेको थियो।

भगवान् श्रीरामको जन्मभूमिका रूपमा परिचित अयोध्या र माता सीताको जन्मभूमिका रूपमा पूजनीय जनकपुरधामलाई जोड्ने यो रेल सेवा नेपाल–भारतबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ। विशेषगरी रामायणकालीन सम्बन्धसँग जोडिएका यी दुई धार्मिक सहरबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित हुनुले दुवै देशका श्रद्धालु, पर्यटक तथा सर्वसाधारणको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार अयोध्या देखि जनकपुरधाम सम्मको रेलमार्ग करिब ६०४ किलोमिटर लामो हुनेछ। यात्राका लागि करिब १९ घण्टा लाग्ने अनुमान गरिएको छ। रेलले भारतको उत्तर प्रदेश र बिहारका विभिन्न सहर तथा रेलवे स्टेसन हुँदै जनकपुरधाम सम्म सेवा दिनेछ। यस मार्गमा अयोध्याधाम, मनकापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, मधुबनी र जयनगर लगायतका प्रमुख स्टेसन समावेश छन्।

शुभारम्भका अवसरमा विशेष रेल सेवा सोमबार अयोध्याधाम बाट प्रस्थान गरी मंगलबार बिहान जनकपुरधाम पुग्ने तालिका रहेको छ। त्यसैगरी, जनकपुरधाम बाट फर्कने विशेष रेल मंगलबार दिउँसो प्रस्थान गर्ने छ। भारतीय सञ्चारमाध्यममा प्रकाशित विवरण अनुसार नियमित यात्रुवाहक सेवा नोभेम्बर २८ अर्थात् मंसिर १३ गते देखि सातामा एकपटक सञ्चालन गर्ने तयारी गरिएको छ। अयोध्या बाट सोमबार र जनकपुरधाम बाट शनिबार रेल छुट्ने तालिका सार्वजनिक भएको छ।

यसअघि अयोध्या र जनकपुरधामबीच यात्रा गर्ने यात्रुले विभिन्न रेल परिवर्तन गर्नुपर्ने अवस्था थियो। प्रत्यक्ष रेल सेवाले यात्रुलाई सहजता प्रदान गर्नुका साथै दुवै देशबीच धार्मिक पर्यटन, व्यापार तथा जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

रेल सेवा सञ्चालनसँगै जनकपुरधामको धार्मिक पर्यटन तथा स्थानीय अर्थतन्त्रमा समेत नयाँ सम्भावना सिर्जना हुने देखिएको छ। अयोध्या स्थित राम मन्दिर दर्शन गर्न आउने भारतीय श्रद्धालु तथा पर्यटकलाई जनकपुरधाम स्थित जानकी मन्दिर, राम मन्दिर, विवाहमण्डप, गंगासागर तथा धनुषाधामलगायतका धार्मिक तथा सांस्कृतिक स्थलसम्म पुग्न सहज हुनेछ। यसले होटल, यातायात, व्यापार तथा पर्यटनसँग सम्बन्धित स्थानीय व्यवसायलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ।

नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई यातायात सञ्जालमार्फत थप जीवन्त बनाउने यस पहलले रामायण सर्किटको अवधारणालाई समेत नयाँ गति दिने विश्वास गरिएको छ। जनकपुरधामलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न र भारतबाट आउने पर्यटकको संख्या बढाउन रेल सेवा महत्त्वपूर्ण माध्यम बन्न सक्नेछ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा शुभारम्भ गरिएको यो रेल सेवा केवल यातायातको नयाँ माध्यम मात्र नभई नेपाल–भारतबीचको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विशेष खबर

भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए, २ खर्ब ४० अर्बको विकास सहायता घोषणा देखि जनकपुर–अयोध्या रेल सेवा सम्मका उपलब्धि

मंसिर ७, २०८३
विशेष खबर

भारतीय राष्ट्रपति द्रौपदी मुर्मू सँग प्रधानमन्त्री बालेन्द्र शाहको शिष्टाचार भेटवार्ता

मंसिर ७, २०८३
विशेष खबर

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदी बीच नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता

मंसिर ७, २०८३
विशेष खबर

भारतसँगको सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता, सम्बोधनको पूर्णपाठ सहित

मंसिर ७, २०८३
विशेष खबर

हैदरावाद हाउसमा प्रधानमन्त्री बालेन्द्र शाह र नरेन्द्र मोदी बीच औपचारिक भेटवार्ता सुरु

मंसिर ७, २०८३
विशेष खबर

राष्ट्रपति भवनमा प्रधानमन्त्री बालेन्द्र शाहलाई भव्य स्वागत, भारतीय सेनाद्वारा गार्ड अफ अनर प्रदान

मंसिर ७, २०८३

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए, २ खर्ब ४० अर्बको विकास सहायता घोषणा देखि जनकपुर–अयोध्या रेल सेवा सम्मका उपलब्धि

मंसिर ७, २०८३

अयोध्या–जनकपुर जोड्ने रेल सेवाको शुभारम्भ, प्रधानमन्त्री बालेन्द्र शाह र नरेन्द्र मोदीले देखाए हरियो झण्डा

मंसिर ७, २०८३

भारतीय राष्ट्रपति द्रौपदी मुर्मू सँग प्रधानमन्त्री बालेन्द्र शाहको शिष्टाचार भेटवार्ता

मंसिर ७, २०८३

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदी बीच नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता

मंसिर ७, २०८३

भारतसँगको सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता, सम्बोधनको पूर्णपाठ सहित

मंसिर ७, २०८३

हैदरावाद हाउसमा प्रधानमन्त्री बालेन्द्र शाह र नरेन्द्र मोदी बीच औपचारिक भेटवार्ता सुरु

मंसिर ७, २०८३

राष्ट्रपति भवनमा प्रधानमन्त्री बालेन्द्र शाहलाई भव्य स्वागत, भारतीय सेनाद्वारा गार्ड अफ अनर प्रदान

मंसिर ७, २०८३

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकर बीच शिष्टाचार भेटवार्ता

मंसिर ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend