Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदी बीच नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
मंसिर ७, २०८३
In विशेष खबर
0

जनकपुर खबर | नयाँ दिल्ली

भारतको दुई दिने राजकीय भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच सोमबार नयाँ दिल्ली स्थित हैदरावाद हाउसमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ। वार्तामा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक तथा विकास साझेदारी विस्तार गर्ने र दुई देशबीचको सम्पर्क सञ्जाललाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।

वार्तामा दुवै देशका प्रतिनिधि मण्डलका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृत बहादुर राई तथा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे लगायत सहभागी हुनु हुन्थ्यो।

त्यसैगरी, भारतीय पक्षबाट विदेशमन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्री नरेन्द्र मोदीका प्रधान सचिवद्वय डा. पी. के. मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला तथा अतिरिक्त सचिव मनु महावरलगायत उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

द्विपक्षीय वार्तापछि दुवै प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्धलाई भविष्य उन्मुख र परिणाममुखी साझेदारीमा रूपान्तरण गर्ने उद्देश्य सहित ‘विकसित भारत र समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दृष्टिकोणपत्र (Joint Vision Document) सार्वजनिक गरेका छन्। यसले आर्थिक तथा विकास साझेदारी, ऊर्जा, जलस्रोत, पूर्वाधार, व्यापार, प्रविधि, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र जनस्तरको सम्बन्ध विस्तारलाई प्राथमिकतामा राखेको छ।

भ्रमणका क्रममा भारतले नेपालको पुनर्निर्माण तथा विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। उक्त सहयोग मध्ये ५ हजार ६ सय करोड रुपैयाँ अनुदान र १८ हजार ४ सय करोड रुपैयाँ ऊर्जा क्षेत्रका परियोजनाका लागि सहुलियतपूर्ण ऋण सहयोगका रूपमा उपलब्ध गराइने छ।

दुई देशबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले अयोध्या–जनकपुर जोड्ने ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवाको संयुक्त रूपमा शुभारम्भ गरिएको छ। यसले विशेष गरी रामायण सर्किट अन्तर्गत धार्मिक पर्यटन तथा दुई देशबीचको आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ। साथै, रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको अन्तिम स्थान सर्वेक्षण सम्पन्न भएको घोषणा गर्दै नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमति भएको छ।

ऊर्जा तथा पूर्वाधार क्षेत्रमा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको उद्घाटन र झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास लगायत महत्त्वपूर्ण कार्यक्रम सम्पन्न भएका छन्। पञ्चेश्वर बहुउद्देश्यीय आयोजना तथा सप्तकोशी र सुनकोशी परियोजनालाई समेत अघि बढाउने विषयमा दुवै पक्ष सहमत भएका छन्।

हवाई सम्पर्क विस्तार तर्फ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुवै तर्फ सञ्चालन गर्ने सहमति भएको छ। यसबाट नेपाल र भारतबीचको हवाई आवागमन तथा आर्थिक गतिविधिमा सहजता आउने अपेक्षा गरिएको छ।

त्यस्तै, शिक्षा, स्वास्थ्य, सुरक्षा, अनुसन्धान, प्रविधि, परम्परागत चिकित्सा, सुशासन, सहरी विकास तथा कृषि क्षेत्रमा सहकार्य विस्तार गर्न दुवै देशबीच आठवटा समझदारीपत्र आदान प्रदान भएका छन्। नेपालमा भारतीय प्राविधिक शिक्षण संस्थान (आईआईटी) को शाखा क्याम्पस स्थापना गर्ने विषय पनि संयुक्त समझदारीमा समेटिएको छ।

नेपालको चितवनमा भारतीय अनुदान सहयोगमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने सहमतिसमेत भएको छ। यसले नेपाली कृषि उत्पादनको प्रशोधन, मूल्य अभिवृद्धि तथा बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्धलाई पारस्परिक विश्वास, मित्रता, सम्मान र साझा समृद्धिको आधारमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको छ, जसलाई मोदीले स्वीकार गर्नु भएको छ।

प्रधानमन्त्री शाहको यो भ्रमणले नेपाल–भारतबीचको परम्परागत सम्बन्धलाई आर्थिक विकास, पूर्वाधार, ऊर्जा, शिक्षा र जनस्तरको सहकार्यसँग जोड्दै नयाँ चरणमा अघि बढाउने प्रयासका रूपमा हेरिएको छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विशेष खबर

भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए, २ खर्ब ४० अर्बको विकास सहायता घोषणा देखि जनकपुर–अयोध्या रेल सेवा सम्मका उपलब्धि

मंसिर ७, २०८३
विशेष खबर

अयोध्या–जनकपुर जोड्ने रेल सेवाको शुभारम्भ, प्रधानमन्त्री बालेन्द्र शाह र नरेन्द्र मोदीले देखाए हरियो झण्डा

मंसिर ७, २०८३
विशेष खबर

भारतीय राष्ट्रपति द्रौपदी मुर्मू सँग प्रधानमन्त्री बालेन्द्र शाहको शिष्टाचार भेटवार्ता

मंसिर ७, २०८३
विशेष खबर

भारतसँगको सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता, सम्बोधनको पूर्णपाठ सहित

मंसिर ७, २०८३
विशेष खबर

हैदरावाद हाउसमा प्रधानमन्त्री बालेन्द्र शाह र नरेन्द्र मोदी बीच औपचारिक भेटवार्ता सुरु

मंसिर ७, २०८३
विशेष खबर

राष्ट्रपति भवनमा प्रधानमन्त्री बालेन्द्र शाहलाई भव्य स्वागत, भारतीय सेनाद्वारा गार्ड अफ अनर प्रदान

मंसिर ७, २०८३

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए, २ खर्ब ४० अर्बको विकास सहायता घोषणा देखि जनकपुर–अयोध्या रेल सेवा सम्मका उपलब्धि

मंसिर ७, २०८३

अयोध्या–जनकपुर जोड्ने रेल सेवाको शुभारम्भ, प्रधानमन्त्री बालेन्द्र शाह र नरेन्द्र मोदीले देखाए हरियो झण्डा

मंसिर ७, २०८३

भारतीय राष्ट्रपति द्रौपदी मुर्मू सँग प्रधानमन्त्री बालेन्द्र शाहको शिष्टाचार भेटवार्ता

मंसिर ७, २०८३

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदी बीच नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता

मंसिर ७, २०८३

भारतसँगको सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता, सम्बोधनको पूर्णपाठ सहित

मंसिर ७, २०८३

हैदरावाद हाउसमा प्रधानमन्त्री बालेन्द्र शाह र नरेन्द्र मोदी बीच औपचारिक भेटवार्ता सुरु

मंसिर ७, २०८३

राष्ट्रपति भवनमा प्रधानमन्त्री बालेन्द्र शाहलाई भव्य स्वागत, भारतीय सेनाद्वारा गार्ड अफ अनर प्रदान

मंसिर ७, २०८३

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकर बीच शिष्टाचार भेटवार्ता

मंसिर ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend