Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
पुस २४, २०८२
In समाज
0

२४ पुष,जनकपुरधाम : व्याहुत सेवा समिति (कलवार कुट्टी), जनकपुरधामको आगामी नेतृत्व चयनका लागि यही माघ ३ गते हुन गइरहेको निर्वाचनमा शंकर साहले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

स्वजातीय संस्थाको उत्थान, एकता र सुदृढीकरणलाई मुख्य उद्देश्य बनाउँदै साहले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन्। उनले व्याहुत समाजको सामाजिक, सांस्कृतिक तथा संस्थागत विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै सम्पूर्ण आदरणीय स्वजातीय दाजुभाइ तथा दिदी-बहिनीहरूबाट सहयोग र समर्थनको अपेक्षा व्यक्त गरेका छन्।

शंकर साह यस अघि व्याहुत सेवा समितिमा कोषाध्यक्ष पदमा रहेर कार्य गरिसकेका अनुभवी व्यक्ति हुन्। संस्थाभित्र आर्थिक व्यवस्थापन र संगठनात्मक कार्यमा उनले खेलेको भूमिकालाई समाजका धेरै सदस्यहरूले सकारात्मक रूपमा लिएका छन्। यसका साथै उनी हाल प्रकाशक महासंघ नेपालका अध्यक्षको जिम्मेवारीमा समेत रहेका छन् भने जनकपुर जेसीजको उपाध्यक्ष पदमा रहेर पनि सफलतापूर्वक कार्य गरिसकेका छन्।

पछिल्लो निर्वाचनमा समेत उनले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए। तर त्यस बेला पर्याप्त पूर्व-तयारी बिना उम्मेदवारी दिएकाले पराजय भोग्नु परेको अनुभव उनले सार्वजनिक गरेका छन्। यस पटक भने पूर्व अध्यक्षहरू तथा स्वजातीय अगुवाहरू सँग व्यापक सल्लाह, समन्वय र समर्थन जुटाएर उम्मेदवारी दिने निर्णय गरेको उनले बताएका छन्।

यस कारण यस पटकको निर्वाचनमा आफ्नो जित सुनिश्चित हुनेमा आफू विश्वस्त रहेको शंकर साहको भनाइ छ। व्याहुत सेवा समितिको नेतृत्वका लागि माघ ३ गते हुने निर्वाचनलाई समाजले चासोका साथ हेरिरहेको छ।

  • 64shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

धर्म

हर्षोल्लासका साथ मनाइँदै श्रीकृष्ण जन्माष्टमी: जनकपुरका गोपाल मन्दिर, पाटन र मथुरा-वृन्दावन सहित विश्वका मन्दिरहरूमा भक्तजनको घुइँचो

भदौ १९, २०८३
समाज

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३
समाज

मधेस प्रदेशमा भव्य रूपमा मनाइयो सन्त रविदास जयन्ती

माघ १८, २०८२
समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२
समाज

जनकपुरधाम स्थित राजदेवी मन्दिरमा यस वर्षको विजयादशमी विशेष कार्यक्रम सार्वजनिक

अशोज १०, २०८२
समाज

शान्ति समाजले ओली र लेखक लगायत जिम्मेवार नेतामाथि कारबाहीको माग गर्‍यो

अशोज ५, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

धनु राशि : आजको राशिफल

भदौ २३, २०८३

बाढीमा मधेशका जनता, मधेशवादी नेतामाथि प्रश्न: संकटमा नेतृत्व कहाँ ?

भदौ २३, २०८३

बाढी प्रभावित जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी, सुरक्षाकर्मी जोखिम मोलेर मैदानमा

भदौ २२, २०८३

बाढी–पहिरोको विपद्मा सुरक्षाकर्मीको ‘अद्भुत साहस’: प्रधानमन्त्री बालेन शाहद्वारा उच्च प्रशंसा

भदौ २१, २०८३

ऋण असुलीमा गैरकानूनी दबाब दिए कारबाही गर्न सीडीओलाई गृह मन्त्रालयको निर्देशन

भदौ २१, २०८३

प्रधानमन्त्री बालेन्द्र शाहको भावुक सन्देश : ‘हजुरहरूसँग यो राज्य छ, यो सरकार छ’

भदौ २०, २०८३

हर्षोल्लासका साथ मनाइँदै श्रीकृष्ण जन्माष्टमी: जनकपुरका गोपाल मन्दिर, पाटन र मथुरा-वृन्दावन सहित विश्वका मन्दिरहरूमा भक्तजनको घुइँचो

भदौ १९, २०८३

विपत्तिको घडीमा मटिहानीको सहयोग: प्रधानमन्त्री उद्धार कोषमा ५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय

भदौ १६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend