Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र २१, २०८२
In अपराध
0

२१ चैत,वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १ मा ११ वर्षीया बालिका माथि यौनजन्य हिंसाको प्रयास गर्ने एक अधबैँसे पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ। वीरगन्ज–८ दुर्गा रोडमा किराना र मासु पसल सञ्चालन गर्दै आएका छपकैया निवासी ५० वर्षीय इस्माइल मियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

घटना विवरण अनुसार शनिबार बिहान ११ बजेको समयमा पीडित बालिका पसलको पुरानो बाँकी रकम तिर्न गएकी थिइन्। सोही मौकाको फाइदा उठाउँदै मियाले बालिकालाई पसलभित्र लगी मोबाइलमा अश्लील भिडियो देखाएर अनैतिक कार्यको प्रयास गरेका थिए।

आफूमाथि हिंसा हुन खोजे पछि बालिकाले अदम्य साहस प्रदर्शन गर्दै अभियुक्तको हातमा जोडले दाँतले टोकेर उम्कन सफल भएकी थिइन्। अपराधीको पन्जाबाट फुत्किएर घर पुगेकी बालिकाले रुँदै परिवारलाई घटनाबारे जानकारी गराएपछि यो विषय बाहिर आएको हो।

घटना पछि आक्रोशित आफन्त र स्थानीय बासिन्दा पसलमा पुग्दा मिया पसल बन्द गरी फरार भइसकेका थिए। पीडित परिवारले तत्कालै वडा प्रहरी कार्यालय बिर्तामा लिखित निवेदन दिएपछि प्रहरीले सक्रियता बढाएको थियो। लुकिछिपी बसेको अवस्थामा मियालाई छपकैयाबाट पक्राउ गरिएको हो।

नातिनी उमेरकी बालिकामाथि भएको यस जघन्य हर्कतले वीरगन्जवासीलाई स्तब्ध बनाएको छ भने स्थानीयले दोषीमाथि कडाभन्दा कडा कानुनी कारबाहीको माग गरेका छन्। पक्राउ परेका मियामाथि प्रहरीले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अपराध

धनुषामा फार्मेसी सञ्चालक सहित लागू औषध बरामद, ४ जना पक्राउ

चैत्र १८, २०८२
अपराध

सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी

चैत्र ३, २०८२
अपराध

२४ घण्टा भित्रै खुल्यो हत्याको रहस्य: धनुषामा प्रेमका कारण युवकको विभत्स हत्या

फाल्गुन १६, २०८२
अपराध

धनुषामा घाँटी काटिएको अवस्थामा पुरुषको शव फेला

फाल्गुन १४, २०८२
अपराध

सिरहामा खेत जोतिरहेका किसानको गोली हानी हत्या

माघ १६, २०८२
अपराध

पूर्व-सभामुख कृष्ण बहादुर महरा पक्राउ

अशोज २६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend