१६ माघ,सिरहा । सिरहा नगरपालिकामा एक व्यक्तिलाई अज्ञात समूहले गोली हानी हत्या गरेको छ। सिरहा नगरपालिका–१ निवासी अन्दाजी ४५ वर्षीय प्रमेन्नाथ यादवको आज (शुक्रबार) आफ्नै खेतमा काम गरिरहेका बेला हत्या भएको हो।
स्थानीयका अनुसार यादव वडा नम्बर–७ स्थित मैनाबत्ती खोला किनारमा रहेको खेतमा ट्र्याक्टरले जोतिरहेका थिए। सोही समयमा आएका अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए। गोली लागेर गम्भीर घाइते भएका यादवको घटनास्थलमै मृत्यु भएको हो।
घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रमेश बहादुर पालले हत्याको पुष्टि गर्दै अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो।

प्रहरीका अनुसार:
क) घटनास्थलको प्रारम्भिक प्रकृति हेर्दा गोली प्रहार गरेरै हत्या गरिएको देखिएको छ।
ख) हत्याको कारण र संलग्न व्यक्तिहरूको पहिचान हालसम्म खुल्न सकेको छैन।
ग) प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान र दोषीको खोजी कार्यलाई तीव्र बनाएको छ।
वडा अध्यक्ष महेश कुमार यादवले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गर्नुभएको छ। दिनदहाडै भएको यस घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्