Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
मंसिर ९, २०८३
In आन्दोलन
0

जनकपुरधाम, १० मंसिर। पत्रकार तथा सञ्चारमाध्यम माथि भइरहेको प्रहरी धरपकड र हस्तक्षेपको विरोधमा जनकपुरधाममा पत्रकारहरूले बुधबार विरोध प्रदर्शन गरेका छन्।नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको देशव्यापी आन्दोलन अन्तर्गत महासंघ धनुषा शाखाको आयोजनामा प्रदर्शन गरिएको हो।

नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरन गुप्ताको नेतृत्वमा महासंघको कार्यालय परिसरबाट सुरु भएको विरोध जुलुस नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा पुगेर विरोध कार्यक्रममा परिणत भएको थियो।

प्रदर्शनमा सहभागी पत्रकारहरूले ‘पत्रकारलाई पक्राउ गर्ने हो भने सामूहिक गिरफ्तारी देऊ’ लगायतका नारा लगाउँदै प्रेस स्वतन्त्रताको सम्मान, पत्रकारको पेसागत सुरक्षा तथा सञ्चार माध्यममाथिको हस्तक्षेप तत्काल बन्द गर्न माग गरेका थिए।

प्रदर्शनमा वरिष्ठ पत्रकार तथा स्वतन्त्रता सेनानी रामभरत साह, पत्रकार धर्मेन्द्र झा, महासंघ धनुषाका सचिव बटुकनाथ झा, ध्रुव कुमार झा, शैलेन्द्र झा, राजन सिंह, दिपेश मल्लिक, नवीन प्रदर्शी, प्रमोद साह, रंगीले भगलु मण्डल लगायत करिब चार दर्जन पत्रकारको सहभागिता रहेको थियो। महिला पत्रकारहरूको पनि उल्लेख्य उपस्थिति थियो।

जिल्ला प्रशासन कार्यालय पुगेर पत्रकारहरूले प्रमुख जिल्ला अधिकारी समक्ष आफ्ना माग तथा गुनासा राखेका थिए। सो क्रममा प्रदर्शनकारी पत्रकार र सुरक्षाकर्मी बीच केही बेर सामान्य घम्सा घम्सी समेत भएको समाचारमा उल्लेख छ।

नेपाल पत्रकार महासंघले सञ्चारमाध्यमका कार्यालयमै प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने कार्यले प्रेस स्वतन्त्रतामाथि गम्भीर चुनौती सिर्जना गरेको जनाएको छ।पत्रकारहरूले स्वतन्त्र, निष्पक्ष र निर्भीक पत्रकारिता गर्ने वातावरण सुनिश्चित गर्न तथा पत्रकारमाथि हुने धरपकड र हस्तक्षेप तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन्।

प्रेस स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको आधारस्तम्भ भएकाले पत्रकारलाई त्रास र दबाबमुक्त वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्नु पर्ने उनीहरूको जोड छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आन्दोलन

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार माथि अनुसन्धानको माग गर्दै माइतीघरमा युवाहरूको प्रदर्शन

मंसिर ४, २०८३
आन्दोलन

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३
आन्दोलन

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३
आन्दोलन

भदौ २३ र २४ को आन्दोलनमा उल्लेख्य मानव अधिकार उल्लंघनको निष्कर्ष

फाल्गुन ७, २०८२
आन्दोलन

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२
आन्दोलन

वैध रकमलाई अवैध भन्दै पक्राउ गरिएको आरोपमा प्रदर्शन

अशोज २८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

मंसिर ९, २०८३

भारतको २४ हजार करोडको विकास सहायता नेपाल लाई, पुनर्निर्माण देखि ऊर्जा क्षेत्र सम्म नयाँ सम्भावना; ऋण र अनुदानको उपयोग कसरी होला?

मंसिर ८, २०८३

अयोध्याबाट जनकपुरधाम आइपुग्यो ‘सरयू–कमला एक्सप्रेस’, एक हजार भन्दा बढी तीर्थयात्रीको भव्य स्वागत

मंसिर ८, २०८३

भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए, २ खर्ब ४० अर्बको विकास सहायता घोषणा देखि जनकपुर–अयोध्या रेल सेवा सम्मका उपलब्धि

मंसिर ७, २०८३

अयोध्या–जनकपुर जोड्ने रेल सेवाको शुभारम्भ, प्रधानमन्त्री बालेन्द्र शाह र नरेन्द्र मोदीले देखाए हरियो झण्डा

मंसिर ७, २०८३

भारतीय राष्ट्रपति द्रौपदी मुर्मू सँग प्रधानमन्त्री बालेन्द्र शाहको शिष्टाचार भेटवार्ता

मंसिर ७, २०८३

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदी बीच नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता

मंसिर ७, २०८३

भारतसँगको सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता, सम्बोधनको पूर्णपाठ सहित

मंसिर ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend