Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

वैध रकमलाई अवैध भन्दै पक्राउ गरिएको आरोपमा प्रदर्शन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २८, २०८२
In आन्दोलन
0

सर्लाही । सर्लाहीको सीमावर्ती ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगरमा प्रहरीले वैध रकमलाई अवैध भन्दै नियन्त्रणमा लिएको आरोपमा सोमबार सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरिएको छ।

प्रहरी चौकी त्रिभुवननगरले सोमबार चन्द्रनगर गाउँपालिका–५, मोहनपुरका २५ वर्षीय आलम मन्सुर र ४० वर्षीय विकाउ मन्सुरलाई बीआर–०६ बीटी–३४३६ नम्बरको मोटर साइकलमा सवार अवस्थामा पाँच लाख ४५ हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको थियो।

सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईका अनुसार पक्राउ परेकाहरूले रकमको स्पष्ट स्रोत देखाउन नसके पछि सो रकम सहित दुवै जनालाई जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको हो।

तर मन्सुर परिवार र स्थानीय बासिन्दाले प्रहरीले वैध रकमलाई ‘अवैध’ ठहर गर्दै लुटपाट जस्तो शैलीमा बरामद गरेको भन्दै आपत्ति जनाएका छन्। उनीहरूका अनुसार उक्त रकम विवाहका तयारीका लागि किनमेल गर्न प्रयोग गर्न लागिएको थियो।

प्रदर्शनकारीहरूले मलंगवा स्थित कुमारी बैंकबाट रकम झिकिएको प्रमाण स्वरूप बैंक स्टेटमेन्ट देखाउँदै प्रहरी र प्रशासन विरुद्ध नाराबाजी गरेका थिए। साथै, उनीहरूले जिविस चोकमा टायर बाल्दै सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन समेत गरेका थिए।

मोहनपुरकी अप्सना खातुनका अनुसार, उनले छोरीको विवाहका तयारीका लागि आफ्ना नातेदार आलम र विकाउलाई उक्त रकम जिम्मा लगाएकी थिइन्। तर प्रहरीले वास्तविकता नबुझी हतारमा रकम भन्सारमा बुझाएको उनको आरोप छ।

प्रहरी प्रवक्ता डिएसपी राईले भने पक्राउ परेकाहरू शंकास्पद अवस्थामा ठूलो परिमाणको नगद सहित फेला परेकाले कानूनी प्रक्रिया अनुसार रकम भन्सारमा बुझाइएको स्पष्ट पारेका छन्। उनका अनुसार, मलंगवाबाट पैसा झिकेर त्रिभुवननगर तर्फ लैजाने प्रयोजन पनि शंकास्पद देखिएको छ।

  • 8shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आन्दोलन

भदौ २३ र २४ को आन्दोलनमा उल्लेख्य मानव अधिकार उल्लंघनको निष्कर्ष

फाल्गुन ७, २०८२
आन्दोलन

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२
आन्दोलन

धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना

अशोज २२, २०८२
आन्दोलन

जेनजी आन्दोलनको क्रममा शहिद भएका सीरन किशोर श्रेष्ठको अन्त्यष्टि 

भदौ ३०, २०८२
आन्दोलन

जेनजी परिवारका माग: मृतकलाई सहिद घोषणा र क्षतिपूर्तिको व्यवस्था गरिनु पर्छ

भदौ २७, २०८२
आन्दोलन

सिंहदरबार प्रदर्शनकारीकै नियन्त्रणमा

भदौ २४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend