Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जेनजी परिवारका माग: मृतकलाई सहिद घोषणा र क्षतिपूर्तिको व्यवस्था गरिनु पर्छ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ २७, २०८२
In आन्दोलन
0

२७ भदौ,काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका परिवारहरूले सरकारसँग न्यायको माग गरेका छन्। शुक्रबार काठमाडौंमा “हामीलाई न्याय चाहियो” भन्ने नारा सहित उनीहरूले प्रदर्शन गर्दै आफ्ना मागहरू सार्वजनिक गरेका हुन्।

भदौ २३ गते राज्य पक्षद्वारा भएको अन्धाधुन्ध गोली प्रहारमा एकै दिन १९ जनाको ज्यान गएको थियो। त्यस घटनामा ज्यान गुमाएका मध्ये एक युवकका परिवार सदस्य रत्नमाया महर्जनले मृतकलाई सहिद घोषणा गर्दै उचित क्षतिपूर्ति दिनुपर्ने माग राखिन्। उनले माग पूरा नभएसम्म शव नबुझ्ने चेतावनी दिइन्। “बच्चा गइसक्यो, अब शव भएपनि उठाउनु पर्छ। त्यसैले सहिद घोषणा गरेर क्षतिपूर्तिको व्यवस्था हुनु जरुरी छ,” महर्जनले भनिन्।

त्यस्तै, अर्का पीडित परिवारका सदस्य कमल सुवेदीले आन्दोलनमा प्राण गुमाउनेहरूको खोजी र उपचारतर्फ राज्य उदासीन देखिएको भन्दै आक्रोश प्रकट गरे। “मृत्यु भएको पाँच दिन भइसके पनि शव व्यवस्थापनमा ध्यान दिइएको छैन। घाइतेको उपचार तर्फ समेत सरकार गम्भीर छैन। देशको नेतृत्व कसलाई दिने भन्ने बहसमा समय खर्च भइरहेको छ तर रगत बगाउनेहरूको खोजी किन भइरहेको छैन?” सुवेदीले प्रश्न उठाए।

मृतक उमेश महतकी दिदी सुमित्रा महतले भाइको निधनले आफूलाई गहिरो पीडा दिएको बताउँदै, यस्तो पीडा अरूले भोग्न नपरोस् भन्ने कामना गरिन्। उनले आफ्ना भाइको बलिदानलाई खेर जान नदिन आग्रह गरिन्।

  • 12shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आन्दोलन

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३
आन्दोलन

भदौ २३ र २४ को आन्दोलनमा उल्लेख्य मानव अधिकार उल्लंघनको निष्कर्ष

फाल्गुन ७, २०८२
आन्दोलन

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२
आन्दोलन

वैध रकमलाई अवैध भन्दै पक्राउ गरिएको आरोपमा प्रदर्शन

अशोज २८, २०८२
आन्दोलन

धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना

अशोज २२, २०८२
आन्दोलन

जेनजी आन्दोलनको क्रममा शहिद भएका सीरन किशोर श्रेष्ठको अन्त्यष्टि 

भदौ ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend