Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २, २०८३
In विशेष खबर
0

२ असोज, भदौ शुक्ल सप्तमी,काठमाडौं ।प्रधानमन्त्री बालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरूलाई नवीन सोच र सिर्जनात्मक दृष्टिकोणका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी तथा अवसर सिर्जना गर्न अग्रसर हुन आग्रह गर्नुभएको छ।

सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज जेन्जी उमेर समूहका सांसदहरूसँग भएको अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकासँग जोडिएका आधारभूत समस्या समाधानमा मात्र सीमित नभई त्यस बाट एक कदम अगाडि बढेर युवा पुस्तालाई आत्मनिर्भर बनाउने वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्नु भएको हो।

प्रधानमन्त्री शाहले यसका लागि स्थलगत अध्ययन तथा अनुसन्धानलाई प्राथमिकता दिन, सूचना–प्रविधिको अधिकतम उपयोग गर्न, समस्या पहिचानसँगै समाधान खोज्ने व्यवहार विकास गर्न तथा पुराना र अव्यावहारिक सोच एवं कार्यशैलीबाट बाहिर निस्कन सुझाव दिनु भएको छ।

उहाँले राजनीतिलाई मात्र आयआर्जनको माध्यम नबनाई सांसद तथा युवा राजनीतिज्ञहरूले आफ्नो छुट्टै व्यावसायिक तथा पेशागत आधार निर्माण गर्नु पर्नेमा समेत जोड दिनु भएको छ। आफ्नो पेशा, व्यवसाय वा उद्यम मार्फत आत्मनिर्भर बन्दै दीर्घकालीन रूपमा समाजका लागि उदाहरण र प्रेरणाको स्रोत बन्न उहाँले आग्रह गर्नु भएको छ।

अन्तरक्रियामा सहभागी जेन्जी उमेर समूहका सांसदहरूले प्रधानमन्त्री शाहको सुझावलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिएको बताउँदै युवा पुस्तालाई आत्मनिर्भर बनाउने र स्वदेशमै रोजगारी तथा अवसर सिर्जना गर्ने अभियानमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

सांसदहरूले नयाँ पुस्ताका आवश्यकता र आकांक्षालाई केन्द्रमा राखेर रोजगारी, उद्यमशीलता, प्रविधि तथा आत्मनिर्भरताका क्षेत्रमा ठोस पहल अघि बढाउनुपर्ने धारणा पनि राख्नु भएको थियो।(फोटो : pmo nepal)

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विशेष खबर

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३
विशेष खबर

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३
विशेष खबर

बाढी प्रभावित जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी, सुरक्षाकर्मी जोखिम मोलेर मैदानमा

भदौ २२, २०८३
विशेष खबर

बाढी–पहिरोको विपद्मा सुरक्षाकर्मीको ‘अद्भुत साहस’: प्रधानमन्त्री बालेन शाहद्वारा उच्च प्रशंसा

भदौ २१, २०८३
विशेष खबर

प्रधानमन्त्री बालेन्द्र शाहको भावुक सन्देश : ‘हजुरहरूसँग यो राज्य छ, यो सरकार छ’

भदौ २०, २०८३
विशेष खबर

भोटेकोशी बाढी पछि पुन:स्थापना तर्फ सरकार अग्रसर: १ अर्ब निकासा, अन्तर्राष्ट्रिय सहयोग जारी

भदौ १६, २०८३

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal