Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

बाढी प्रभावित जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी, सुरक्षाकर्मी जोखिम मोलेर मैदानमा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ २२, २०८३
In विशेष खबर
0

२२ भदौ कृष्ण एकादशी काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा र नुवाकोटका बाढी प्रभावित जलविद्युत् आयोजना क्षेत्रमा बेपत्ता भएका व्यक्तिहरूको खोज तथा उद्धार कार्यलाई अन्तिम सम्म निरन्तरता दिने बताएका छन्।

भदौ १० गते बिहान रसुवागढीको करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको लाङटाङ हिमालको ५ हजार ६ सय मिटर उचाइबाट गएको हिमपहिरोका कारण भोटेकोशी नदीमा लेदो सहित आकस्मिक बाढी आएको थियो। भीषण बाढीले सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याउनुका साथै त्यहाँ कार्यरत केही मानिसहरूलाई सम्पर्कविहीन बनाएको थियो।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत प्रभावित आयोजनाहरूमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले निरन्तर खोज तथा उद्धार गरिरहेको जानकारी दिएका छन्। खोज अभियानमा मित्रराष्ट्रहरूबाट आएका विशेषज्ञ टोलीले समेत सहयोग गरिरहेको उनले उल्लेख गरेका छन्।

उनका अनुसार प्रभावित आयोजनाहरूमा अहिले सम्मको खोज तथा उद्धारको अवस्था यस्तो छ।

रसुवागढी जलविद्युत् आयोजना, रसुवा

रसुवागढी जलविद्युत् आयोजनामा हेडवर्क्सका सम्पूर्ण संरचना, पावरहाउस बाहिर तथा अन्डरग्राउण्ड पावरहाउसका अधिकांश सामग्रीमा क्षति पुगेको छ।

बाढी आएको दिन देखि नै खोजीको प्रयास गरिए पनि हेलिकप्टरसमेत अवतरण गर्न नसक्दा आवश्यक सामग्री पुर्‍याउन कठिन भएको थियो। पछि आयोजनामा कार्यरत कर्मचारीका आफन्तसमेत घटनास्थल पुगेर अवलोकन गरेका थिए।

आयोजना क्षेत्रबाट उद्धार गरिएका एक कर्मचारीको सहयोगमा नेपाली सेनाको टोली सुरुङ भित्र करिब २७५ मिटरसमम्म पुगे पनि मानिस फेला पार्न सकेन। अहिले हेलिकप्टर मार्फत मिनी एस्काभेटर पुर्‍याएर खोजी कार्य जारी राखिएको प्रधानमन्त्री शाहले बताएका छन्।

लाङटाङ जलविद्युत् आयोजना, रसुवा

लाङटाङ जलविद्युत् आयोजनामा बाढी आएको दिन देखि नै खोजीका लागि रेकी गरिएको थियो। भदौ १३ गते नेपाली सेना र भारतीय विशेषज्ञ टोली सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै करिब ६० मिटर भित्र पुगेको थियो। त्यस क्रममा ठूला चट्टानहरू भेटिएका थिए।

भदौ १६ गते नेपाली सेना र आयोजनाका कर्मचारीको टोलीले थप खोजी अघि बढाएको थियो। ग्यास वेल्डिङको माध्यमबाट सुरुङमा प्वाल बनाएर भित्र प्रवेश गर्दा २ शव फेला पारिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।यस आयोजनामा अझै खोज तथा उद्धार कार्य जारी छ।

चिलिमे जलविद्युत् आयोजना, रसुवा

नेपाली सेनाको टोली भदौ १० गते नै चिलिमे जलविद्युत् आयोजना क्षेत्रमा पुगेको थियो। तर, दलदलका कारण सुरुङभित्र प्रवेश गर्न समस्या भएको थियो।भदौ १३ गते भारतबाट आएको विशेषज्ञ टोली सहित रेकी गरिएको र भदौ १४ गते देखि नेपाली सेना तथा भारतीय विशेषज्ञ टोलीले खोजी सुरु गरेको थियो।

सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै करिब ९० मिटरभित्र प्रवेश गर्दा २ शव फेला पारिएको शाहले बताएका छन्। खोजीलाई थप प्रभावकारी बनाउन बबक्याट एस्काभेटर तथा सोही क्षेत्रमा रहेको अर्को एस्काभेटर प्रयोग भइरहेको छ।

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना, रसुवा

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना क्षेत्रमा पनि भदौ १० गते देखि नै खोजी सुरु गरिएको थियो। भदौ १३ गते चीनबाट आएको विशेषज्ञ टोलीले रेकी गरे पछि भदौ १४ गते देखि नेपाली सेना र चिनियाँ विशेषज्ञ टोलीले खोजी अघि बढाएको थियो। सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै करिब २०० मिटर भित्र पुग्दा ताल भेटिएको थियो। तालमा थर्मल ड्रोन प्रयोग गरी खोजी गरिएको थियो।

त्यस पछि नेपाली सेना र कोरियन विशेषज्ञ टोलीले समेत खोजीलाई निरन्तरता दिएको थियो। खोजीका क्रममा एक शव फेला परेको थियो। त्यसपछि भदौ २० गते एक जनाको उद्धार गर्नुका साथै थप २ शव फेला पारिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

त्रिशूली–३ ए जलविद्युत् आयोजना, नुवाकोट

त्रिशूली–३ ए जलविद्युत् आयोजना क्षेत्रमा पनि बाढी आएको पहिलो दिन देखि नै खोजी सुरु गरिएको थियो। सुरुङको मुख पत्ता लगाउन नै ठूलो समस्या भएको थियो।नेपाल विद्युत् प्राधिकरण र नागढुंगा सुरुङ आयोजनाका विशेषज्ञ सहितको टोलीले भदौ १२ गते रेकी गरी भदौ १३ गतेदेखि खोजी कार्य अघि बढाएको थियो।

खोजीलाई तीव्र बनाउन ६ वटा एस्काभेटर प्रयोग गरिएको थियो। करिब २५ मिटर खने पछि बिजुलीका तारका लागि प्रयोग हुने सुरुङ पत्ता लागेको थियो।

त्यही सुरुङ मार्फत उद्धार टोली घ्रिसिँदै भित्र प्रवेश गरेको थियो। सुरुङको मुख खोल्न काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाबाट विस्फोटक पदार्थ तथा नागढुंगा सुरुङ आयोजनाबाट कम्प्रेसर ल्याइएको थियो। ड्रिलिङ मेसिन समेत प्रयोग गरिएको थियो। आवश्यक उपकरणहरू हेलिकप्टर मार्फत आयोजना क्षेत्रमा पुर्‍याइएको थियो।

भदौ १९ गते २ जनाको उद्धार गरिएको र १ शव फेला परेको शाहले बताएका छन्। त्यसपछि पनि थर्मल इमेजिङ तथा इन्फ्रारेड क्यामेराको प्रयोग गरी खोजी जारी राखिएको छ।

त्रिशूली–३ ‘बी’ आयोजना, नुवाकोट

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि भदौ १० गते देखि नै खोजीको प्रयास गरिएको थियो। भदौ १३ गते चिनियाँ टोलीले रेकी गरे पनि दलदलका कारण आवश्यक उपकरण सुरुङ भित्र लैजान सकिएको थिएन।

हाल आयोजनाका कर्मचारी र नेपाली सेनाको टोलीले खोजी जारी राखेको छ। उक्त टोलीले सुरुङको प्रवेशविन्दुबाट दलदल पन्छाउँदै अडिट सुरुङको करिब १.७ किलोमिटर भित्रस म्म प्रवेश गरेको थियो। त्यस क्रममा सुरुङ भित्र एउटा गाडी फेला परेको छ।

खोजीका लागि थप उपकरण लैजाने क्रम जारी रहेको छ। बाढीका कारण आयोजनाका ६ वटा आवासीय भवन र १ कार्यालय भवन पुरिएका छन्। ती संरचना पत्ता लगाउन १५ मिटर गहिराइ सम्म उत्खनन गरिएको छ।

‘खोज तथा उद्धार कार्य अन्तिमसम्म जारी राख्छौं’

प्रधानमन्त्री शाहले बाढीका कारण प्रभावित विद्युत् आयोजना क्षेत्रबाट धेरै मानिस सम्पर्कविहीन भएकाले खोज तथा उद्धारलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको बताएका छन्।

उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू जोखिमपूर्ण परिस्थितिका बाबजुद निरन्तर खोज तथा उद्धारमा खटिरहेको उल्लेख गरेका छन्। साथै, नेपाललाई सहयोग गर्न मित्रराष्ट्रहरूबाट विशेषज्ञ टोलीसमेत घटनास्थलमा आइरहेको बताएका छन्।

प्रधानमन्त्री शाहले “हामी नेपाली मानवतावादी छौं” भन्दै सीमित स्रोत, साधन र समयका बाबजुद पनि खोज तथा उद्धार कार्यलाई अन्तिम सम्म जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।उनले सरकार आफ्नो जिम्मेवारीप्रति संवेदनशील रहेको उल्लेख गर्दै उद्धार तथा खोजी अभियानमा कुनै कसर बाँकी नराखिएको बताएका छन्।

“हामीले खोज तथा उद्धार कार्यमा नेपालीको मानवतावादी स्वभावलाई व्यवहारमा उतारिरहेका छौं,” प्रधानमन्त्री शाहको भनाइ छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विशेष खबर

बाढी–पहिरोको विपद्मा सुरक्षाकर्मीको ‘अद्भुत साहस’: प्रधानमन्त्री बालेन शाहद्वारा उच्च प्रशंसा

भदौ २१, २०८३
विशेष खबर

प्रधानमन्त्री बालेन्द्र शाहको भावुक सन्देश : ‘हजुरहरूसँग यो राज्य छ, यो सरकार छ’

भदौ २०, २०८३
विशेष खबर

भोटेकोशी बाढी पछि पुन:स्थापना तर्फ सरकार अग्रसर: १ अर्ब निकासा, अन्तर्राष्ट्रिय सहयोग जारी

भदौ १६, २०८३
विशेष खबर

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३
विशेष खबर

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३
विशेष खबर

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बाढी प्रभावित जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी, सुरक्षाकर्मी जोखिम मोलेर मैदानमा

भदौ २२, २०८३

बाढी–पहिरोको विपद्मा सुरक्षाकर्मीको ‘अद्भुत साहस’: प्रधानमन्त्री बालेन शाहद्वारा उच्च प्रशंसा

भदौ २१, २०८३

ऋण असुलीमा गैरकानूनी दबाब दिए कारबाही गर्न सीडीओलाई गृह मन्त्रालयको निर्देशन

भदौ २१, २०८३

प्रधानमन्त्री बालेन्द्र शाहको भावुक सन्देश : ‘हजुरहरूसँग यो राज्य छ, यो सरकार छ’

भदौ २०, २०८३

हर्षोल्लासका साथ मनाइँदै श्रीकृष्ण जन्माष्टमी: जनकपुरका गोपाल मन्दिर, पाटन र मथुरा-वृन्दावन सहित विश्वका मन्दिरहरूमा भक्तजनको घुइँचो

भदौ १९, २०८३

विपत्तिको घडीमा मटिहानीको सहयोग: प्रधानमन्त्री उद्धार कोषमा ५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय

भदौ १६, २०८३

भोटेकोशी बाढी पछि पुन:स्थापना तर्फ सरकार अग्रसर: १ अर्ब निकासा, अन्तर्राष्ट्रिय सहयोग जारी

भदौ १६, २०८३

जनकपुरधाम उपमहानगरद्वारा बाढीपीडितलाई साढे ६ लाख २५ हजार बराबरको चामल सहयोग

भदौ १५, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal