Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ १४, २०८३
In विशेष खबर
0

१४ भदौ कृष्ण द्वितीया,काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बलेन) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी र त्यस पछिको उद्धार तथा राहत कार्यका बारेमा सामाजिक सञ्जाल मार्फत विस्तृत विवरण सार्वजनिक गर्नु भएको छ। विगत ५ दिन देखि देशले सामना गरिरहेको अकल्पनीय प्राकृतिक विपद्को घडीमा सरकार सम्पूर्ण राज्य संयन्त्रलाई युद्धस्तरमा परिचालन गरी नागरिकको जीवनरक्षामा खटिएको उहाँले स्पष्ट पार्नु भएको छ।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्दै प्रतिकूल मौसम र जटिल भूगोलका बाबजुद हाल सम्म ९,४३५ जनाको सफलतापूर्वक उद्धार गरिएको जानकारी दिनुभएको छ। राहत तथा उद्धारका लागि हाल सम्म ३९४ उडान भरिएको र सेना, प्रहरी तथा सशस्त्र प्रहरी गरी २०,६१८ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

जलविद्युत् आयोजना र सुरुङमा उद्धार कार्य जारी
विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा प्रभावित क्षेत्रमा अड्किएका मानिसहरूको खोजीका लागि विदेशी विशेषज्ञ टोलीहरू सँगको समन्वयमा काम भइरहेको छ। माथिल्लो त्रिशूली–१, ३ ‘ए’, ३ ‘बी’, चिलिमे, लाङटाङ र मैलुङ खोला आयोजनाहरूमा नेपाली सेना, चिनियाँ, कोरियन तथा भारतीय विशेषज्ञ टोलीहरूले ‘ब्लास्टिङ’, हवाई रेकी र पम्पको प्रयोग गरी अहोरात्र उद्धार प्रयास जारी राखेका छन्।

उपचार, आर्थिक सहयोग र राहत व्यवस्थापन
बाढीमा घाइते भएका २६७ जनामध्ये १५६ जना उपचारपछि घर फर्किसकेका छन् भने बाँकीको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

कोषमा रकम जमा: प्रधानमन्त्री राहत कोषमा ५ अर्ब २४ करोड ७९ लाख भन्दा बढी रुपैयाँ र २१ लाख अमेरिकी डलर जम्मा भइसकेको छ।

आश्रयस्थल: रसुवा र नुवाकोटमा २६ वटा आश्रयस्थल र राहत वितरण केन्द्रमार्फत ३,४५४ जनाले राहत पाएका छन्।

अन्तर्राष्ट्रिय सहायता: विश्व बैंक (१६७ मिलियन डलर सहुलियतपूर्ण कर्जा), एडीबी, अमेरिका, अस्ट्रेलिया, भारत, चीन र स्विट्जरल्यान्डबाट नगद, बेलीब्रिज र मानवीय सामग्री प्राप्त भएका छन्।

सञ्चार, सडक र शव व्यवस्थापन
अवरुद्ध भएका अधिकांश टेलिकम र एनसेलका टावरहरू पुनः सञ्चालनमा ल्याइएको छ भने प्रभावित क्षेत्रमा २० वटा स्याटलाइट फोन पठाइएको छ। पहिरो र कटानका कारण अवरुद्ध वैकल्पिक सडक खुलाउने प्रयास भइरहेको छ।

बाढीमा परी हालसम्म ७८१ जनाको शव फेला परेको र पहिचान हुन नसकेका शवहरूको ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०८३’ बमोजिम डिएनए नमूना सुरक्षित राखी व्यवस्थापन भइरहेको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। विपद्को यस घडीमा सरकार नागरिकको अभिभावक बनेर पुनर्निर्माण र पुन:स्थापनाको काम नसकिए सम्म निरन्तर लागि पर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नु भएको छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विशेष खबर

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३
विशेष खबर

बाढी प्रभावित जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी, सुरक्षाकर्मी जोखिम मोलेर मैदानमा

भदौ २२, २०८३
विशेष खबर

बाढी–पहिरोको विपद्मा सुरक्षाकर्मीको ‘अद्भुत साहस’: प्रधानमन्त्री बालेन शाहद्वारा उच्च प्रशंसा

भदौ २१, २०८३
विशेष खबर

प्रधानमन्त्री बालेन्द्र शाहको भावुक सन्देश : ‘हजुरहरूसँग यो राज्य छ, यो सरकार छ’

भदौ २०, २०८३
विशेष खबर

भोटेकोशी बाढी पछि पुन:स्थापना तर्फ सरकार अग्रसर: १ अर्ब निकासा, अन्तर्राष्ट्रिय सहयोग जारी

भदौ १६, २०८३
विशेष खबर

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३

जनकपुर उपमहानगरमा प्रशासनिक लाचारी: ब्युरोक्रेसी सुस्त, सडक बत्ती ‘बेपत्ता’ र ई-रिक्सा अस्तव्यस्त

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend