Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ १२, २०८३
In विशेष खबर
0

१२ भदौ, ,(जनै पूर्णिमा – रक्षा बन्धन) , काठमाडौँ। दाजुभाइ र दिदी-बहिनी बिचको पवित्र प्रेम र सुरक्षाको प्रतीक रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व आज देशभर धार्मिक विधिपूर्वक मनाइएको छ। वैदिक परम्परा अनुसार रक्षासूत्र (डोरो) बाँध्ने र जनै फेर्ने गरिए पनि मुलुकमा परेको प्राकृतिक विपत्तिका कारण यस वर्षको पर्व उल्लासमय बन्न सकेन।

रक्षाबन्धन तथा जनै पूर्णिमा पर्वको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको जीवनरक्षा र सुरक्षित भविष्यका लागि शुभकामना व्यक्त गर्नु भएको छ। मुलुकमा परेको अकल्पनीय प्राकृतिक विपत्तिका कारण यस वर्षको पर्व उल्लासमय बन्न नसकेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत कठिन घडीमा प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको र उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म सरकार पुग्ने प्रतिबद्धता जनाउनु भएको छ।

रसुवा र भोटेकोशी–त्रिशूली करिडोरलगायत क्षेत्रमा बाढी-पहिरोले ठुलो क्षति पुर्‍याएपछि औपचारिक शुभकामना सम्बोधन छाडेर प्रधानमन्त्री शाह विपद् व्यवस्थापन, राहत र उद्धारको direct नेतृत्वमा जुट्नु भएको हो।

प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्यका सन्दर्भमा सार्वजनिक गर्नुभएका मुख्य अपडेटहरू:

सुरक्षाकर्मी परिचालन र हवाई उद्धार: खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी १५,४३१ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्। हालसम्म ४,४५१ जनाको उद्धार भइसकेको छ, जसमा जलविद्युत् सुरुङमा फसेका १९१ जना र ९९ वटा हेलिकप्टर उडान मार्फत उद्धार गरिएका ५१७ जना सामेल छन्।

    राहत र सञ्चार आपूर्ति: प्रभावित क्षेत्रमा ३२ ट्रक खाद्यान्न/गैरखाद्य सामग्री तथा हेलिकप्टर मार्फत थप राहत र आपत्कालीन सञ्चार सेटहरू पठाइएको छ।

    सुरुङ तथा तल्लो तटीय क्षेत्रमा खोजी: रसुवागढी र Upper Trishuli Hydropower Project का सुरुङमा फसेकाहरूको उद्धारलाई उच्च प्राथमिकता दिइएको छ। साथै, रसुवा देखि नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासी सम्मका नदी करिडोरमा बेपत्ताको खोजी जारी छ।

    विदेशी नागरिक र अन्तर्राष्ट्रिय समन्वय: हालसम्म १२९ जना विदेशी पर्यटक/नागरिकको उद्धार तथा पहिचान भएको छ। परराष्ट्र मन्त्रालयले Emergency Control Room सञ्चालनमा ल्याएको छ। विदेशी सहयोग अस्वीकार गरिएको भन्ने भ्रामक खबरको खण्डन गर्दै भारत, चीन र अन्तर्राष्ट्रिय साझेदारहरूसँग निरन्तर समन्वय भइरहेको छ।

    सडक, पूर्वाधार र वैकल्पिक मार्ग: काठमाडौँ-मुग्लिङ सडक एकतर्फी र रसुवा सम्म जोड्ने वैकल्पिक सडकमार्ग (टोखा-छहरे-कालिकास्थान-धुन्चे) साना सवारीका लागि खुलाइएको छ। नियमित सडक सञ्चालनका लागि भारत र चीनबाट ४८ मिटरका १० वटा Bailey Bridge ल्याउन औपचारिक पहल सुरु भएको छ।

    स्वास्थ्य, इन्धन र राहत कोष: ६ वटा अस्पताल Standby राखिएका छन्। १५ वटा प्रभावित स्थानीय तहलाई रु. ६ करोड ७५ लाख तुरुन्त उपलब्ध गराइएको छ भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १.९ अर्ब भन्दा बढी संकलन भइसकेको छ। मन्त्रिपरिषद्का सदस्यहरूले एक महिनाको तलब कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।

    पूर्वसूचना र निगरानी: २ लाखभन्दा बढी SMS Alert मार्फत नागरिकलाई पूर्वसूचना पठाइएको छ। साथै, १९८ मध्ये १४५ वटा दूरसञ्चार टावर पुन:सञ्चालनमा आइसकेका छन्।

    प्रधानमन्त्री शाहले यसै सन्देशमार्फत नेपाली MMA खेलाडी रवीन्द्र ढाँटले ‘Road to UFC’ को फाइनलमा प्रवेश गर्दै नेपालको विपद्‌बारे अन्तर्राष्ट्रिय मञ्चमा जानकारी गराएकोमा धन्यवाद तथा बधाई पनि व्यक्त गर्नु भएको छ। सरकारको सम्पूर्ण ध्यान अहिले स्थलगत वास्तविक अवस्था बुझेर नागरिकको उद्धार र राहतमै केन्द्रित रहेको उहाँको भनाइ छ।

    • 0share
    • Share
    • Tweet
    • Facebook Messenger
    • WhatsApp
    • Email
    • Print
    जनकपुरखबर संवाददाता

    जनकपुरखबर संवाददाता

    सम्बन्धित समाचार

    विशेष खबर

    रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

    भदौ १०, २०८३
    विशेष खबर

    पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

    भदौ १०, २०८३
    विशेष खबर

    जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

    भदौ १०, २०८३
    विशेष खबर

    फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

    असार २९, २०८३
    विशेष खबर

    भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न सबै निकायलाई सरकारको निर्देशन

    चैत्र १९, २०८२
    विशेष खबर

    बालेन सरकारको १०० कार्यसूची : भदौ २४ घटनामा एक साता भित्र उच्चस्तरीय छानबिन समिति गठन हुने

    चैत्र १६, २०८२

    आफ्नो प्रतिकृया दिनुहोस्

    ताजा खबर

    रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

    भदौ १२, २०८३

    रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

    भदौ १०, २०८३

    पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

    भदौ १०, २०८३

    जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

    भदौ १०, २०८३

    २०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

    भदौ ७, २०८३

    विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

    भदौ ७, २०८३

    जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

    भदौ ७, २०८३

    सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

    भदौ ६, २०८३



    प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
    अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
    सम्पादक - निरज कुमार मण्डल
    +977-9854028150/9802328150
    news@ejanakpurkhabar.com
    सुचना बिभाग दर्ता नं. 2182/077-78

    © 2024 eJanakpur Khabar | Technology Partner WebPal

    No Result
    View All Result
    • होमपेज
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • समाज
    • अर्थ
    • विविध
    • व्यापार
    • अपराध
    • खेलकुद
    • मनोरन्जन
    • ई-पेपर

    © 2024 eJanakpur Khabar | Technology Partner WebPal