Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न सबै निकायलाई सरकारको निर्देशन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र १९, २०८२
In विशेष खबर
0

१९ चैत,काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन सबै मन्त्रालय, आयोग तथा सरकारी निकायलाई कडाइका साथ निर्देशन दिएको छ ।

मुख्य सचिव सुमनराज अर्याल द्वारा जारी पत्रमा अन्तर्राष्ट्रिय प्रतिवेदनहरूमा नेपालको भ्रष्टाचार स्थिति कमजोर देखिएको उल्लेख गर्दै त्यसको अन्त्य गरी सुशासन कायम गर्नु सरकारको उच्च प्राथमिकतामा रहेको जनाइएको छ ।

पत्र अनुसार भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाको मागसहित २०८२ भदौ २३ र २४ गते जेन–जी युवाहरूको नेतृत्वमा भएको जनआन्दोलन तथा त्यसपछि २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि गठन भएको सरकारले सार्वजनिक निकायमा हुने सबै प्रकारका नीतिगत, संस्थागत र प्रक्रियागत भ्रष्टाचार अन्त्य गर्ने लक्ष्य लिएको छ ।

सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, राजस्व प्रशासन, ठेक्का तथा खरिद प्रक्रियामा हुने अनियमितता रोक्न सम्बन्धित निकायहरूले तत्काल प्रभावकारी कदम चाल्नु पर्ने पत्रमा उल्लेख छ ।

सरकारले कर्मचारीहरूलाई दक्ष, व्यावसायिक र नैतिक बनाउँदै जनविश्वास अभिवृद्धि गर्न, सेवाग्राही सँग शिष्ट व्यवहार गर्न तथा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र असहाय वर्गलाई प्राथमिकतामा राख्न पनि निर्देशन दिएको छ ।

त्यस्तै, कार्यालय प्रमुखलाई नै मुख्य जिम्मेवार तोक्दै पारदर्शिता, निष्पक्षता र आचार संहिताको कडाइका साथ पालना गराउने दायित्व दिइएको छ । सेवा प्रवाह र विकास व्यवस्थापनलाई चुस्त, मितव्ययी र प्रभावकारी बनाउन पनि जोड दिइएको छ ।

पत्रमा मोल मोलाहिजा, अनियमितता तथा भ्रष्टाचारका घटनामा निरन्तर निगरानी राख्न, छड्के अनुगमन गर्न र कुनै जानकारी प्राप्त भएलगत्तै सम्बन्धित निकायमा जानकारी गराउन निर्देशन दिइएको छ । साथै, यस्ता गतिविधि फेला परेमा सम्बन्धित कार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाइने चेतावनी दिइएको छ ।

यसका साथै भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक नीतिगत, कानुनी, संस्थागत, प्रक्रियागत तथा व्यवहारगत सुधारका सुझावहरू प्रधानमन्त्री कार्यालयमा पठाउन सबै निकायलाई आग्रह गरिएको छ ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विशेष खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३
विशेष खबर

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३
विशेष खबर

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३
विशेष खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३
विशेष खबर

बालेन सरकारको १०० कार्यसूची : भदौ २४ घटनामा एक साता भित्र उच्चस्तरीय छानबिन समिति गठन हुने

चैत्र १६, २०८२
विशेष खबर

नयाँ सरकारको १०० कार्यसूचीमा पर्यटन पूर्वाधार र लगानीलाई उच्च प्राथमिकता

चैत्र १५, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend