Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नयाँ सरकारको १०० कार्यसूचीमा पर्यटन पूर्वाधार र लगानीलाई उच्च प्राथमिकता

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र १५, २०८२
In विशेष खबर
0

१५ चैत,काठमाडौं । बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारले देशको अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन क्षेत्रलाई पुनर्जीवित बनाउन ‘शासकीय सुधारका १०० कार्यसूची’मा विशेष प्राथमिकता दिएको छ।

मन्त्रिपरिषद्को हालैको बैठकले स्वीकृत गरेको कार्ययोजनामा लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको प्रवर्द्धन तथा पूर्वाधार विकासमार्फत पर्यटन उद्योगलाई सुदृढ बनाउने लक्ष्य लिइएको छ।

सरकारले राष्ट्रिय गौरवका पर्यटकीय आयोजना तथा लगानी बोर्डमा दर्ता भएका ठूला परियोजनाहरूका लागि अनिवार्य रूपमा लगानीको मोडेल तय गर्ने निर्णय गरेको छ। आगामी ९० दिनभित्र यस्ता आयोजनाहरूलाई सरकारी कोष, सार्वजनिक–निजी साझेदारी (PPP) वा निजी लगानीमध्ये कुन मोडेलमा सञ्चालन गर्ने भन्ने वर्गीकरण गरी ‘राष्ट्रिय संरचनागत परियोजना पाइपलाइन’ सार्वजनिक गरिनेछ। यसले लामो समय देखि अलमलमा रहेका ठूला परियोजनाहरूलाई गति दिने अपेक्षा गरिएको छ।

पर्यटन क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न लगानी बोर्ड नेपाल अन्तर्गत एक महिनाभित्रै ‘एकद्वार स्वीकृति प्रणाली’ सञ्चालनमा ल्याइनेछ। यस प्रणाली मार्फत ठूला होटल, रिसोर्ट तथा साहसिक पर्यटन परियोजनाहरूलाई निश्चित समयसीमा भित्र स्वीकृति प्रदान गरिने सरकारको योजना छ।

त्यसै गरी, पर्यटन व्यवसाय दर्ता, कर दर्ता र बैंक खाता खोल्ने प्रक्रिया एकीकृत गरी ४५ दिनभित्र ‘एकद्वार व्यावसायिक प्लेटफर्म’ मार्फत सेवा उपलब्ध गराइनेछ। यो प्रणाली पूर्ण रूपमा डिजिटल, पारदर्शी र ट्र्याकिङयोग्य हुने भएकाले व्यवसायीले सरकारी कार्यालय धाउनुपर्ने झन्झट अन्त्य हुने विश्वास गरिएको छ।

निजी क्षेत्र प्रति विश्वास पुनर्स्थापना गर्न सरकारले ‘निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति’ तुरुन्त लागू गर्ने निर्णय गरेको छ। यसअन्तर्गत पर्यटकीय क्षेत्रको भौतिक सुरक्षा र सम्पत्ति संरक्षणमा विशेष ध्यान दिइने छ। साथै, गृह मन्त्रालय ले ३० दिन भित्र पर्यटकीय तथा औद्योगिक सुरक्षाका लागि ‘द्रुत प्रतिकार्य संयन्त्र’ विकास गर्नेछ।

युवाहरूलाई पर्यटन क्षेत्रमा आकर्षित गर्न ‘स्टार्टअप फास्ट ट्र्याक’ प्रणाली लागू गरिनेछ, जस अन्तर्गत साना पर्यटन व्यवसाय दुई दिनमै दर्ता हुने व्यवस्था मिलाइने छ। साथै, पर्यटन क्षेत्रमा कर्जा प्रवाहलाई सहज बनाउन जोखिम भार पुनरावलोकन गरिने सरकारको तयारी छ।

जनआन्दोलनका क्रममा प्रभावित पर्यटन तथा निजी व्यवसायलाई पुनर्जीवित गर्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक ले विशेष सहुलियत तथा पुनःस्थापना प्याकेज ल्याउने भएका छन्। यसले सङ्कटग्रस्त होटल तथा ट्राभल व्यवसायलाई राहत दिने अपेक्षा गरिएको छ।

सरकारको यो १०० कार्यसूचीले नेपालको पर्यटन क्षेत्रलाई लगानी योग्य बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा सुरक्षित र आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विशेष खबर

भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न सबै निकायलाई सरकारको निर्देशन

चैत्र १९, २०८२
विशेष खबर

बालेन सरकारको १०० कार्यसूची : भदौ २४ घटनामा एक साता भित्र उच्चस्तरीय छानबिन समिति गठन हुने

चैत्र १६, २०८२
विशेष खबर

प्रधानमन्त्री बालेन शाह सरकारी निवास बालुवाटार प्रवेश

चैत्र १३, २०८२
विशेष खबर

बालेन नेतृत्वको मन्त्रिपरिषद् बैठक शुरु

चैत्र १३, २०८२
विशेष खबर

नवनियुक्त प्रधानमन्त्री शाहले लिए शपथ

चैत्र १३, २०८२
विशेष खबर

देउवा र ओली द्वारा प्रधानमन्त्री बालेन शाहलाई बधाई

चैत्र १३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चैत्र २०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend