Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

बाढी–पहिरोको विपद्मा सुरक्षाकर्मीको ‘अद्भुत साहस’: प्रधानमन्त्री बालेन शाहद्वारा उच्च प्रशंसा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ २१, २०८३
In विशेष खबर
0

२१ भदौ, कृष्ण दशमी,काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले हालैको भीषण बाढी र पहिरोको विपद्मा अहोरात्र खटिएका नेपाली सुरक्षाकर्मीहरूको उच्च प्रशंसा गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले कठिन भूगोल र प्रतिकूल मौसमका बाबजुद सुरक्षाकर्मीहरूले देखाएको अदम्य साहस र त्यागको खुलेर प्रशंसा गर्नुभएको हो।

नुवाकोट कारागारको साहसिक उद्धार प्रधानमन्त्री शाहले नुवाकोटको विदुर स्थित केन्द्रीय कारागारको उदाहरण दिँदै सुरक्षाकर्मीको दृढताको चर्चा गर्नुभएको छ। भदौ १० गते भोटेकोशीमा आएको बाढीले कारागार क्षेत्र डुबानमा पर्दा त्यहाँ कार्यरत ५२ जना सुरक्षाकर्मीले धैर्य नगुमाई ९२३ जना कैदीबन्दीलाई सुरक्षित स्थानमा सारेका थिए।

सोही क्रममा भाग्न खोज्ने ५० जना कैदीलाई पुन: नियन्त्रणमा लिनुका साथै स्थानीय बासिन्दाको समेत ज्यान बचाउन सुरक्षाकर्मीहरू सफल भएका थिए। ब्यारेक र कार्यालय नै लेदोले पुरिए पनि उनीहरूले आफ्नो जिम्मेवारीबाट पछि नहटी कर्तव्य निर्वाह गरिरहेको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ।

सुरक्षा निकायको संयुक्त प्रयास प्रधानमन्त्री शाहका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासबाट अहिलेसम्म १३ हजार ३९१ जनाको उद्धार गरिएको छ। उहाँले तीनवटै सुरक्षा निकायको योगदानको विवरण यसरी दिनु भएको छ:

नेपाली सेना: ९ हजार २८७ जना जनशक्ति परिचालन गरी खोज, उद्धार, बेलीब्रिज निर्माण र प्राविधिक सहयोगमा नेतृत्व गरिरहेको छ।
नेपाल प्रहरी:
७ हजार ९७५ जना प्रहरी मार्फत खोज, उद्धार, राहत वितरण, शव व्यवस्थापन र शान्ति सुरक्षा कायम राख्न सक्रिय छ।
सशस्त्र प्रहरी बल:
४ हजार २०२ जना सुरक्षाकर्मी मार्फत गोताखोर, डोरी टोली, ड्रोन स्क्वाड र विपद् प्रतिकार्य बेस स्थापना गरी जोखिमपूर्ण उद्धारमा खटिएको छ।


पीडा लुकाएर कर्तव्यपथमा आफ्नै सहकर्मीहरू (४५ सैनिक, २५ प्रहरी र १२ सशस्त्र प्रहरी) सम्पर्कविहीन हुँदाको पीडामा रहेका सुरक्षाकर्मीहरूले समेत आफ्नो दु:ख भुलेर उद्धारमा खटिएको भन्दै प्रधानमन्त्री शाहले भावुक श्रद्धा व्यक्त गर्नु भएको छ। “तपाईंहरूको त्याग र निष्ठाका कारण नै आज संकटको बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाएका छन्,” उहाँले भन्नुभएको छ।

अन्तमा, प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाउँदै संकटको घडीमा उनीहरूलाई साथ दिने परिवारप्रति समेत कृतज्ञता ज्ञापन गर्नुभएको छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विशेष खबर

बाढी प्रभावित जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी, सुरक्षाकर्मी जोखिम मोलेर मैदानमा

भदौ २२, २०८३
विशेष खबर

प्रधानमन्त्री बालेन्द्र शाहको भावुक सन्देश : ‘हजुरहरूसँग यो राज्य छ, यो सरकार छ’

भदौ २०, २०८३
विशेष खबर

भोटेकोशी बाढी पछि पुन:स्थापना तर्फ सरकार अग्रसर: १ अर्ब निकासा, अन्तर्राष्ट्रिय सहयोग जारी

भदौ १६, २०८३
विशेष खबर

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३
विशेष खबर

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३
विशेष खबर

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बाढी प्रभावित जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी, सुरक्षाकर्मी जोखिम मोलेर मैदानमा

भदौ २२, २०८३

बाढी–पहिरोको विपद्मा सुरक्षाकर्मीको ‘अद्भुत साहस’: प्रधानमन्त्री बालेन शाहद्वारा उच्च प्रशंसा

भदौ २१, २०८३

ऋण असुलीमा गैरकानूनी दबाब दिए कारबाही गर्न सीडीओलाई गृह मन्त्रालयको निर्देशन

भदौ २१, २०८३

प्रधानमन्त्री बालेन्द्र शाहको भावुक सन्देश : ‘हजुरहरूसँग यो राज्य छ, यो सरकार छ’

भदौ २०, २०८३

हर्षोल्लासका साथ मनाइँदै श्रीकृष्ण जन्माष्टमी: जनकपुरका गोपाल मन्दिर, पाटन र मथुरा-वृन्दावन सहित विश्वका मन्दिरहरूमा भक्तजनको घुइँचो

भदौ १९, २०८३

विपत्तिको घडीमा मटिहानीको सहयोग: प्रधानमन्त्री उद्धार कोषमा ५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय

भदौ १६, २०८३

भोटेकोशी बाढी पछि पुन:स्थापना तर्फ सरकार अग्रसर: १ अर्ब निकासा, अन्तर्राष्ट्रिय सहयोग जारी

भदौ १६, २०८३

जनकपुरधाम उपमहानगरद्वारा बाढीपीडितलाई साढे ६ लाख २५ हजार बराबरको चामल सहयोग

भदौ १५, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend