७ फागुन,काठमाडौं । नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२६ सार्वजनिक गरिएको छ । बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले उक्त वर्ष पुस्तक सार्वजनिक गरेको हो । कार्यक्रममा सहभागी सरोकारवालाहरूले नेपालमा पछिल्लो समय मानव अधिकारको अवस्था कमजोर बन्दै गएको टिप्पणी गरे ।
कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग प्रमुख डा. कुन्दन अर्यालले मानव अधिकारको स्थिति सुधारोन्मुख हुनु पर्नेमा भदौ २३ र २४ को घटनाले सबैलाई स्तब्ध बनाएको बताए ।उनका अनुसार ती घटनामा ७७ जनाको ज्यान गएको मात्र नभई प्रहरीको गोली टाउको, छाती र पेटमा लागेको घटनालाई मानव अधिकार उल्लंघनका रूपमा वर्ष पुस्तकमा स्पष्ट उल्लेख गरिएको छ ।

डा. अर्यालले भने, “मानव अधिकारको अवस्था क्रमश: सुधार हुँदै जानु पर्नेमा ३५ वर्षपछि यस्तो भयावह अवस्था आयो । भदौ २३ र २४ को घटनामा ७७ जनाको ज्यान गयो र गोली संवेदनशील अंगमा लागेको तथ्य वर्ष पुस्तकमा प्रष्ट उल्लेख गरिएको छ । यो पुस्तक ४४४ पृष्ठमा प्रकाशित भएको छ ।”
उनले डिजिटल प्लेटफर्म माथि कुनै पनि हालतमा प्रतिबन्ध लगाउनु नहुने भन्दै अभिव्यक्ति स्वतन्त्रताको माध्यमका रूपमा यसको भूमिका महत्वपूर्ण रहेको बताए । डिजिटल माध्यम सम्बन्धी विवाद अझै समाधान हुन नसकेको र आगामी निर्वाचन पछि पनि मानव अधिकारसँग जोडिएर यो विषय थप उठ्ने उनले बताए ।

कार्यक्रममा डा. गौरीशंकर लाल दास, सुशील प्याकुरेल, शम्भुराम सिम्खडा, वरिष्ठ कूटनीतिज्ञ डा. शम्भुराम सिम्खडा, श्याम कुमारी शाह लगायतले नेपालमा मानव अधिकारको पछिल्लो अवस्था बारे धारणा राखेका थिए ।



















आफ्नो प्रतिकृया दिनुहोस्