Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक २४, २०८२
In आन्दोलन
0

२४ कात्तिक जनकपुरधाम ।मधेश प्रदेशका निजामती कर्मचारीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत कर्मचारीमाथि भएको कुटपिट र गैरपेशागत व्यवहारको विरोधमा संयुक्त रूपमा आक्रोश व्यक्त गरेका छन्।

प्रदेश भवन परिसरमा आयोजित भेलापछि जारी विज्ञप्तिमा भनिएको छ, “मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत कर्मचारीमाथि गरिएको कुटपिट र धम्कीपूर्ण व्यवहार अत्यन्तै निन्दनीय छ। यस्तो कार्यले सम्पूर्ण निजामती सेवाप्रति अपमान र त्रासको वातावरण सिर्जना गरेको छ।”

विज्ञप्तिमा प्रदेश सरकारका कर्मचारी उपर निरन्तर भइरहेको हस्तक्षेप, अमर्यादित व्यवहार र कुटपिटको घटनाले कर्मचारी प्रशासनको मनोबल कमजोर बनाएको उल्लेख गरिएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न माग गरिएको छ।

सो सन्दर्भमा नेपाल निजामती कर्मचारी संगठन, मधेश प्रदेश समितिले प्रमुख जिल्ला अधिकारी मार्फत प्रदेश सरकार र संघीय सरकार दुवैको ध्यानाकर्षण गराएको छ। ज्ञापनपत्रमा भनिएको छ, “राज्यका कर्मचारीहरूमाथि ज्यान लिने गरि गरिएको आक्रमण तथा हातपात गर्नु कानूनी दृष्टिले गम्भीर अपराध हो। यस्ता घटनाले शासन प्रणाली र कर्मचारी मनोबल दुवैलाई हानी पुर्‍याउँछ।”

विज्ञप्तिमा ९५ जना भन्दा बढी कर्मचारीका हस्ताक्षर छन्। उनीहरूले भनेका छन् कि यदि दोषीमाथि छानबिन र कारबाही नभएमा उनीहरू बाध्य भएर कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेछन्।

कर्मचारीहरूले सुशासन, सेवा प्रवाह र प्रशासनिक मर्यादा जोगाउन प्रदेश सरकारसँग कार्यस्थलमा सुरक्षित र सम्मानजनक वातावरण कायम गर्न माग गरेका छन्।

  • 3shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आन्दोलन

वैध रकमलाई अवैध भन्दै पक्राउ गरिएको आरोपमा प्रदर्शन

अशोज २८, २०८२
आन्दोलन

धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना

अशोज २२, २०८२
आन्दोलन

जेनजी आन्दोलनको क्रममा शहिद भएका सीरन किशोर श्रेष्ठको अन्त्यष्टि 

भदौ ३०, २०८२
आन्दोलन

जेनजी परिवारका माग: मृतकलाई सहिद घोषणा र क्षतिपूर्तिको व्यवस्था गरिनु पर्छ

भदौ २७, २०८२
आन्दोलन

सिंहदरबार प्रदर्शनकारीकै नियन्त्रणमा

भदौ २४, २०८२
आन्दोलन

मधेश प्रदेशका अधिकांश सरकारी कार्यालय र मन्त्रालयहरुमा आगजनी र तोडफोड

भदौ २४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal