३० भाद्र,काठमाडौं: निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते तोक्न सरकार लाई परामर्श दिएको छ ।आइतबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलिया सहितका पदाधिकारीले भेट गरी आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उप-निर्वाचनको मिति तोक्न नेपाल सरकार लाई परामश दिएको हो ।
स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुख सहित ४१ जन-प्रतिनिधिको बाँकी कार्यकालका लागि उप-निर्वाचनको तयारी भएको हो ।भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचन लाई मितव्ययी रुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आग्रह गरे ।
सो अवसरमा उप-प्रधानमन्त्री एवं अर्थमन्त्री विश्नु प्रसाद पौडेल, गृह मन्त्री रमेश लेखक, मुख्य सचिव एकनारायण अर्याल लगायत सहभागी रहेका थिए ।



















आफ्नो प्रतिकृया दिनुहोस्