१५ चैत,काठमाडौं । नेपाली सेनाको नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा सि.सं. १४ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ ।उक्त तालिमको शुभारम्भ बलाधिकृत रथी प्रदीप जंग के.सीले आइतबार (आज) गरेका हुन् । कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

शुभारम्भ समारोहमा बलाधिकृत के.सीले तालिमले सहभागी अधिकृतहरूको पेसागत क्षमता, ज्ञान तथा आत्मविश्वास अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।कुल ३५ जना महासेनानी दर्जाका अधिकृतहरूको सहभागिता रहेको यो तालिम नेपालमा सञ्चालन हुने उच्चस्तरीय तालिममध्ये एक मानिन्छ ।
वि.सं. २०७१ सालदेखि सञ्चालन हुँदै आएको यस तालिमबाट हाल सम्म ३७५ जना अधिकृतहरू प्रशिक्षित भइसकेका छन् ।




















आफ्नो प्रतिकृया दिनुहोस्