Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक १, २०८२
In नेपाली सेना
0

काठमाडौं, १ कात्तिक। ‘GEN-Z’ प्रदर्शनपछि ६२ वटा कारागार र विभिन्न महत्वपूर्ण संरचनाको सुरक्षामा खटिएको नेपाली सेना, अवस्था सामान्य बन्दै गएपछि ४१ स्थानबाट फिर्ता गरिएको छ। भदौ २३ र २४ का प्रदर्शन पछि उपत्यका भित्र ५ र बाहिर ५७ गरी जम्मा ६२ स्थानमा सेना परिचालन गरिएको थियो।

सेनाले जनाएको अनुसार, हाल पनि सुरक्षा चुनौतीका कारण २१ स्थानमा फौज तैनाथ छ। प्रदर्शनका क्रममा भएका आगजनी, तोडफोड र दङ्गा जस्ता कठिन अवस्थालाई ६ देखि ८ घण्टा भित्र नियन्त्रणमा लिन सेना सफल भएको सेनाका उपरथी तथा युद्धकार्य महानिर्देशक अनुपजङ्ग थापाले जानकारी दिए।

थापाले भने, “अत्यन्त चुनौतीपूर्ण अवस्थामा समेत शून्य मानवीय क्षतिको साथ उद्धार कार्य सम्पन्न गर्न सफल भयौं, जसले अत्यावश्यक सेवा र वस्तुको आपूर्ति पुन: सहज बनाउन सहयोग पुग्यो।”

सिंहदरबारको मुख्य भवनमा आगजनी हुँदा पनि सेनाको पहल र तत्परताका कारण भित्र रहेका रणनीतिक कागजात, राष्ट्रिय सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको ‘डेटा सेन्टर’ सुरक्षित राख्न सफल भएको उनले बताए।

सेनाले देशको समग्र सुरक्षा व्यवस्थालाई बलियो बनाउने क्रममा सञ्चालनमा ल्याएको ‘हटलाइन’ मार्फत चोरी, लुटपाट र आगजनी सम्बन्धी गुनासाहरूमा तत्काल प्रतिक्रिया दिई सुरक्षाको प्रत्याभूति प्रदान गरिएको जनाएको छ।

थापाका अनुसार, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्ने उद्देश्यले जम्मा भएका करिब दुई हजार प्रदर्शनकारीलाई नियन्त्रणमा लिए पछि भदौ २५ गते देखि विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याइयो। सो क्रममा फसेका विदेशी पर्यटकहरूको पनि सुरक्षाको व्यवस्था गरिएको थियो। साथै उपत्यका स्थित विभिन्न दूतावास र विदेशी नागरिकहरूको सुरक्षाको प्रबन्ध पनि मिलाइएको थियो।”

यसअघि सिंहदरबार भित्र प्रवेश गरेका प्रदर्शनकारीलाई रोक्न सेना सफल भए पनि त्यस पछि भीड बढ्दै जाँदा घातक हतियार प्रयोग गर्नु पर्ने अवस्था आउन सक्ने भएकाले मानवीय क्षति रोक्न विशेष सावधानी अपनाइएको सेनाले स्पष्ट पारेको छ।

  • 5shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

नेपाली सेना

नेपाली सैनिक वार कलेजमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु

चैत्र १५, २०८२
नेपाली सेना

बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक

अशोज २६, २०८२
नेपाली सेना

छिटो शान्ति र सुरक्षा कायम गर्न आवश्यक पहल गर्दै : नेपाली सेना

अशोज २४, २०८२
नेपाली सेना

विपद्मा नेपाली सेना सक्रिय : बाढी–पहिरो पीडितको उद्धारमा अग्रसर

अशोज २०, २०८२
नेपाली सेना

नेपाली सेनाको हेलिकप्टर मार्फत मृगौला रोगीलाई उपचारका लागि काठमाडौं ल्याइयो

अशोज २०, २०८२
नेपाली सेना

साझ ६ बजे देखि कर्फ्यु आदेश झन कडा

भदौ २५, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend