१५ असोज,काठमाडौं: मंगलबार सुन-चाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि सोमबार सुनको मूल्य एक लाख ६० हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १९२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

















आफ्नो प्रतिकृया दिनुहोस्