काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार रेर्कड ब्रेक गर्दै हाल सम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज (शुक्रबार) प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ ।
बिहीवार नेपाली बजारमा सुनको मूल्य प्रति तोला २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको थियो । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य निरन्तर रुपमा बढीरहेको छ ।आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार तीन हजार २५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य आज तीन हजार ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
















आफ्नो प्रतिकृया दिनुहोस्