२९ जेठ,काठमाडौं : नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य प्रति तोला १ हजार ६ सय रुपैयाँले बढ़ेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बढ़ेको हो ।
महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार सुनको मूल्य प्रति तोला प्रति तोला १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीवार चाँदीको मूल्य भने १५ रुपैयाँले घटेको छ । बुधबार प्रति तोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार प्रति तोला २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
















आफ्नो प्रतिकृया दिनुहोस्