४ असार, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा बुधबार तोलामा ९ सय रुपैयाँले सुनको मूल्यमा वृद्धि भएको हो ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले बृद्धि भई २ हजार २ सय २५ रुपैयाँ कायम भएको महासंघ ले जनाएको छ ।
















आफ्नो प्रतिकृया दिनुहोस्