२ साउन,जनकपुर। आर्थिक वर्ष २०८२/८३ को दोस्रो दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले बढेको हो ।
बिहीबार १ लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर २ हजार २ सय ८० रुपैयाँमा कारोबार भैइरहेको छ ।
















आफ्नो प्रतिकृया दिनुहोस्