Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुर उपमहानगरमा प्रशासनिक लाचारी: ब्युरोक्रेसी सुस्त, सडक बत्ती ‘बेपत्ता’ र ई-रिक्सा अस्तव्यस्त

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ २८, २०८३
In स्थानीय
0

२८ भदौ, शुक्ल द्वितीया : माता सीताको पावन जन्मभूमि तथा मधेश प्रदेशको राजधानी जनकपुरधाम ! यो नाम सुन्दा जो-कसैको मन एकछिनका लागि आनन्दमय महसुस हुन्छ। तर, वर्तमान अवस्थामा यस ऐतिहासिक एवं धार्मिक सहरको भित्री चित्र हेर्दा भने जो-कोहीको मन पिरोलिने गर्छ। धार्मिक आस्थाको केन्द्र मानिने यस सहरमा दिनहुँ हजारौँ आन्तरिक तथा बाह्य पर्यटक भित्रिने गरे पनि नगरभित्रका आधारभूत पूर्वाधारका कारण स्थानीय नागरिक र श्रद्धालुहरूले ठूलो सास्ती खेप्नु परिरहेको छ।

नगरबासीबाट कर असुल्न अग्रसर देखिने जनकपुर उपमहानगरपालिका आफ्नो सीमा भित्र उज्यालो व्यवस्थापन गर्न पूर्ण रूपमा चुकेको छ। रामानन्द चोक, भानु चोक, कदम चोक, जानकी मन्दिर वरपरका क्षेत्र तथा हस्पिटल रोडजस्ता व्यस्त सडक खण्डहरूमा जडान गरिएका अधिकांश सडक बत्तीहरू बिग्रेर थन्किएका छन्।

साँझ पर्ने बित्तिकै मुख्य सडकहरू नै अन्धकारमय बन्ने गरेका छन्, जसले गर्दा पैदल यात्री तथा दुईपाङ्ग्रे सवारी चालकहरू दुर्घटनाको जोखिम मोल्न बाध्य छन् भने अध्याँरोको फाइदा उठाउँदै चोरी-डकैती तथा असामाजिक गतिविधि बढ्ने त्राससमेत नगरबासीमा फैलिएको छ।

यसका साथै जनकपुरको अर्को प्रमुख समस्या भनेको अनियन्त्रित ई-रिक्सा र अस्तव्यस्त यातायात व्यवस्थापन हो। उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन हुने ई-रिक्साको उचित दर्ता, रुट निर्धारण र सङ्ख्यात्मक सीमा कायम गर्न नसक्दा सहरभरि ट्राफिक जाम र भद्रगोल अवस्था सिर्जना भएको छ। अनुसन्धान अनुसार जनकपुर र आसपासका क्षेत्रमा सञ्चालित करिब ७० प्रतिशतभन्दा बढी ई-रिक्सा चालकहरूसँग सवारी चालक अनुमतिपत्र सम्म छैन।

यस्ता लाइसेन्स विहीन चालकहरूले सडकको बीचमै एक्कासि गाडी मोड्ने, यात्रु ओसार्न जहाँ पायो त्यहीँ रोक्ने र मनपरी भाडा असुल्ने गर्दा दैनिक जसो दुर्घटनाहरू भइरहेका छन्। हस्पिटल रोड, रामानन्द चोक र भानु चोक क्षेत्रमा ई-रिक्साको अत्यधिक चापका कारण समयमा एम्बुलेन्स समेत आवतजावत गर्न नसक्ने भयावह स्थिति बनेको छ।

सामान्यतया कुनै पनि राज्य वा ठूलो संस्था सञ्चालन गर्नका लागि नियमबद्ध, तहगत र औपचारिक प्रशासनिक प्रणालीको भूमिका निर्णायक हुन्छ। नगर प्रमुखको काम नीति तथा निर्णय निर्माण गर्ने मात्र हो, तर त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गराउने दायित्व र जिम्मेवारी भने कर्मचारीतन्त्रकै हुन्छ। यस विषयमा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले नगरका बिग्रिएका सडक बत्ती मर्मत तथा ई-रिक्सालाई व्यवस्थापनको दायरामा ल्याउन आवश्यक काम-कारबाहीका लागि पहल गरेको बताइएको छ।

तर, नगर प्रमुखको स्पष्ट निर्देशन तथा चासो पछि पनि त्यसको कार्यान्वयनमा प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरि घिमिरेले गम्भीरताका साथ प्रशासनिक सक्रियता नदेखाएको आम जनताको आरोप छ। नाम नबताउने शर्तमा उपमहानगरका एक वडा अध्यक्षले नगर प्रमुखबाट निर्णय र निर्देशनहरू भए पनि अधिकृत घिमिरेको असहयोग र सुस्त कार्यशैलीका कारण ती महत्वपूर्ण निर्णय तथा पहलहरू व्यावहारिक रूपमा कार्यान्वयनमा जान नसकेको बताएका छन्।

जन-प्रतिनिधिले नीति बनाए पनि ब्युरोक्रेसीको लाचारी र ढिलासुस्तीका कारण जनकपुरधामको सौन्दर्य र जनजीवन अस्तव्यस्त बनेको छ। यदि जनकपुर उपमहानगरपालिकाको प्रशासनिक नेतृत्वले तत्कालै आफ्नो कार्यशैलीमा सुधार गरी बिग्रिएका सडक बत्तीहरू मर्मत नगर्ने र ई-रिक्साहरूलाई कडाइका साथ दर्ता, रुट परमिट र ट्राफिक नियमको दायरामा नल्याउने हो भने जनकपुरको यातायात र पूर्वाधार व्यवस्थापन झनै भयावह बन्ने निश्चित छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

स्कुल पोसाकमा होटल प्रवेश रोक्ने पहल निष्क्रिय? घिमिरेको प्रशासनिक भूमिकामाथि प्रश्न

भदौ २७, २०८३
स्थानीय

विपत्तिको घडीमा मटिहानीको सहयोग: प्रधानमन्त्री उद्धार कोषमा ५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय

भदौ १६, २०८३
स्थानीय

जनकपुरधाम उपमहानगरद्वारा बाढीपीडितलाई साढे ६ लाख २५ हजार बराबरको चामल सहयोग

भदौ १५, २०८३
स्थानीय

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३
स्थानीय

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२
स्थानीय

काठमाडौं महानगरले वैशाख १ गते देखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

चैत्र १९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३

जनकपुर उपमहानगरमा प्रशासनिक लाचारी: ब्युरोक्रेसी सुस्त, सडक बत्ती ‘बेपत्ता’ र ई-रिक्सा अस्तव्यस्त

भदौ २८, २०८३

सिंह राशि (Leo): आजको राशिफल र ग्रहस्थितिको फल

भदौ २८, २०८३

स्कुल पोसाकमा होटल प्रवेश रोक्ने पहल निष्क्रिय? घिमिरेको प्रशासनिक भूमिकामाथि प्रश्न

भदौ २७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend