Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

स्कुल पोसाकमा होटल प्रवेश रोक्ने पहल निष्क्रिय? घिमिरेको प्रशासनिक भूमिकामाथि प्रश्न

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ २७, २०८३
In स्थानीय
0

२७ भदौ, शुक्ल प्रतिपदा, जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका भित्र स्कुल पोसाकमै विद्यार्थीहरू होटल, रेस्टुरेन्ट तथा बालबालिकाका लागि उपयुक्त नमानिएका स्थानमा पुग्ने गरेको गुनासो बढे पछि यसको प्रभावकारी अनुगमन र नियन्त्रणको माग उठेको छ। केही व्यवसायीले आर्थिक लाभका लागि विद्यार्थीलाई सहजै ग्राहकका रूपमा स्वीकार गर्ने गरेको गुनासो पछि अभिभावक तथा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

यस विषयमा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले अनुगमन तथा आवश्यक कारबाहीका लागि पहल गरेको बताइएको छ। तर, नगर प्रमुखको स्पष्ट निर्देशन तथा चासो पछि पनि त्यसको कार्यान्वयनमा प्रशासनिक सक्रियता नदेखिएको शिक्षा नगर समितिका अध्यक्ष दिपक ठाकुरको गुनासो छ।

ठाकुरका अनुसार बालबालिकाको भविष्यसँग जोडिएको विषयमा उपमहानगरपालिकाको कर्मचारी प्रशासनले गम्भीरता नदेखाएको भन्दै यस अघि प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरि घिमिरे समक्ष ज्ञापन-पत्र समेत बुझाइएको थियो। माग कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी दिइए पनि हाल सम्म प्रभावकारी सुनुवाइ नभएको ठाकुरले बताएका छन्।

ठाकुरले नगर प्रमुखको निर्णय र निर्देशनलाई समेत प्रशासनिक तहबाट बेवास्ता गरिएको गुनासो गरेका छन्। कानून तथा नीति–नियम कार्यान्वयन गर्ने जिम्मेवारी बोकेको प्रशासनिक नेतृत्वबाट अपेक्षित सक्रियता नदेखिँदा नगरको शैक्षिक तथा सामाजिक वातावरणमा समेत त्यसको नकारात्मक प्रभाव पर्न सक्ने उनको भनाइ छ।

एकातर्फ नगर प्रमुख मनोज कुमार साह र शिक्षा नगर समितिका अध्यक्ष दिपक ठाकुर बालबालिकाको भविष्य जोगाउन तथा विकृति नियन्त्रणका लागि पहल गरिरहेको देखिए पनि अर्को तर्फ प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरि घिमिरेको असहयोग र सुस्त कार्यशैलीका कारण महत्वपूर्ण निर्णय तथा पहलहरू कार्यान्वयनमा जान नसकेको ठाकुरको आरोप छ।

यही कारण नगर प्रमुखको पहल र शिक्षा समितिको दबाबका बाबजुद कार्यान्वयन पक्ष कमजोर देखिनुले प्रमुख प्रशासकीय अधिकृत घिमिरेको प्रशासनिक भूमिका माथि प्रश्न उठेको छ।बालबालिकाको सुरक्षा र शैक्षिक वातावरणसँग जोडिएको विषयलाई कागजी निर्णयमै सीमित नराखी तत्काल प्रभावकारी अनुगमन, नियमन र आवश्यक कारबाही गर्नुपर्ने ठाकुरको माग छ।

अब उपमहानगरपालिकाले यस विषयमा ठोस कदम चाल्छ वा यो विषय पनि अन्य निर्णयझैँ कागजमै सीमित हुन्छ भन्नेमा अभिभावक तथा नगरवासीको ध्यान केन्द्रित भएको छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३
स्थानीय

ज्ञानकूपको ६ करोड : गुठीको फाइलमा अड्कियो भवन, मेयरको चासोपछि तात्यो विवाद

अशोज १४, २०८३
स्थानीय

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३
स्थानीय

जनकपुर उपमहानगरमा प्रशासनिक लाचारी: ब्युरोक्रेसी सुस्त, सडक बत्ती ‘बेपत्ता’ र ई-रिक्सा अस्तव्यस्त

भदौ २८, २०८३
स्थानीय

विपत्तिको घडीमा मटिहानीको सहयोग: प्रधानमन्त्री उद्धार कोषमा ५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय

भदौ १६, २०८३
स्थानीय

जनकपुरधाम उपमहानगरद्वारा बाढीपीडितलाई साढे ६ लाख २५ हजार बराबरको चामल सहयोग

भदौ १५, २०८३

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

लोहारपट्टीको सामाजिक इतिहास, वर्तमान रूपान्तरण र भावी नेतृत्वको बहस

कार्तिक ९, २०८३

टाइगर श्रॉफको कारमा गोली प्रहार, अभिनेता सुरक्षित; दुई जना घाइते

कार्तिक २, २०८३

एमाले बाहिरिए पनि मधेस प्रदेश सरकार नढल्ने कांग्रेसको दाबी, नयाँ समीकरणका लागि संवाद तीव्र

कार्तिक १, २०८३

प्रधानमन्त्री शाहको दसैँ शुभकामना : सत्य, सुशासन र समृद्धिको बाटोमा अघि बढ्न आग्रह

कार्तिक १, २०८३

विपद्, साइबर तथा वित्तीय अपराध नियन्त्रणमा प्रहरीलाई प्रविधियुक्त बनाइने : प्रधानमन्त्री शाह

अशोज ३०, २०८३

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend