Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

एमाले बाहिरिए पनि मधेस प्रदेश सरकार नढल्ने कांग्रेसको दाबी, नयाँ समीकरणका लागि संवाद तीव्र

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक १, २०८३
In प्रदेश
0

३१ असोज,असोज शुक्ल सप्तमी,जनकपुरधाम । सत्ता साझेदार दल नेकपा (एमाले) ले १५ बुँदे सहमति कार्यान्वयन नभएको आरोप लगाउँदै सरकारबाट बाहिरिएपछि मधेस प्रदेशमा राजनीतिक समीकरण फेरिने चर्चा चुलिएको छ। एमालेले आफ्ना चारै जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएर राजीनामा गराए पनि नेपाली कांग्रेसको नेतृत्वमा रहेको वर्तमान प्रदेश सरकार तत्काल नढल्ने सत्तापक्षीय उच्च स्रोतको दाबी छ।

एमाले सरकारबाट बाहिरिए सँगै मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार अल्पमतमा परेको देखिए पनि कांग्रेसले सरकार जोगाउन प्रदेश सभामा रहेका अन्य दलहरूसँग संवाद र राजनीतिक गृहकार्य अघि बढाएको छ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा सरकार गठनका लागि बहुमत पुर्‍याउन ५४ सांसदको समर्थन आवश्यक हुन्छ। एमालेका २४ सांसद सरकारबाट बाहिरिए पछि सत्ता समीकरणमा नयाँ चुनौती थपिएको छ। यद्यपि, विपक्षी दलहरूले वैकल्पिक सरकार गठनको प्रयास गरे पनि प्रदेश सभाको विद्यमान अंकगणितका कारण तत्कालै नयाँ गठबन्धन बनाएर बहुमत पुर्‍याउन सहज नरहेको कांग्रेसको आकलन छ।

कांग्रेसले भने जसपा नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका दलहरूसँग संवाद अघि बढाउँदै नयाँ राजनीतिक समीकरण निर्माण गर्ने तयारी गरेको जनाएको छ। सरकारलाई निरन्तरता दिन आवश्यक समर्थन जुटाउने र आवश्यकताअनुसार मन्त्रालय तथा जिम्मेवारी बाँडफाँटमा सहमति खोज्ने कांग्रेसको रणनीति रहेको स्रोतको भनाइ छ।

संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीले निश्चित अवधिभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने अवस्था आउनेछ। कांग्रेस पक्षले भने अन्य दलहरूको समर्थनमा विश्वासको मत प्राप्त गरी वर्तमान सरकारलाई निरन्तरता दिने दाबी गरेको छ।

यससँगै मधेस प्रदेशमा एमालेको बहिर्गमनपछि सत्ता समीकरण कसरी अघि बढ्छ भन्ने विषय प्रदेश सभाको अंकगणित र दलहरूबीच हुने आगामी सहमतिमा निर्भर रहने देखिएको छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
प्रदेश

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

चैत्र ३, २०८२
प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

एमाले बाहिरिए पनि मधेस प्रदेश सरकार नढल्ने कांग्रेसको दाबी, नयाँ समीकरणका लागि संवाद तीव्र

कार्तिक १, २०८३

प्रधानमन्त्री शाहको दसैँ शुभकामना : सत्य, सुशासन र समृद्धिको बाटोमा अघि बढ्न आग्रह

कार्तिक १, २०८३

विपद्, साइबर तथा वित्तीय अपराध नियन्त्रणमा प्रहरीलाई प्रविधियुक्त बनाइने : प्रधानमन्त्री शाह

अशोज ३०, २०८३

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend