Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र ३, २०८२
In प्रदेश
0

३ चैत,जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आफ्नो नेतृत्वमा रहेको सरकारको पहिलो १०० दिनको कार्यसम्पादन सार्वजनिक गर्दै ५१ वटा महत्वपूर्ण काम अगाडि बढाइएको बताएका छन्।मंगलबार जनकपुरधाम स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले विभिन्न क्षेत्रमा सुरु भएका र कार्यान्वयनको चरणमा रहेका योजना बारे विस्तृत जानकारी दिए।

मुख्यमन्त्री यादवका अनुसार स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सिँचाइ, भौतिक पूर्वाधार, खेलकुद, वन, यातायात तथा अर्थ क्षेत्रसँग सम्बन्धित गरी ५१ वटा प्रमुख कामहरू अघि बढाइएको हो।उनले जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा बिरामीहरूले घरमै बसेर मोबाइल मार्फत टिकट (पुर्जा) काट्न सक्ने व्यवस्था सुरु गरिएकोलाई महत्वपूर्ण उपलब्धिको रूपमा उल्लेख गरे।

कृषि क्षेत्रमा किसानलाई राहत दिन मल अनुदान पुन: पुरानै अवस्थामा ल्याउन संघीय सरकार समक्ष प्रस्ताव पेश गरिएको उनले जानकारी दिए। त्यसैगरी, जनकपुरधामको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक मापदण्ड तयार गरी सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए।

खेलकुद पूर्वाधार अन्तर्गत राम जानकी रंगशाला निर्माण प्रक्रिया अघि बढाइएको तथा इ–रिक्सा र ट्र्याक्टर चालकहरूका लागि प्रयोगात्मक परीक्षामार्फत लाइसेन्स दिने व्यवस्था सुरु गरिएको पनि उनले जानकारी दिए।

‘एक निर्वाचन क्षेत्र, पाँच किलोमिटर सडक’ योजना अन्तर्गत पहिलो चरणका कामहरू सम्पन्न भइसकेको र दोस्रो चरणको तयारी पूरा भएको मुख्यमन्त्री यादवले बताए।यस्तै, गर्मीयाममा देखिने खानेपानी अभावको समस्या समाधानका लागि विज्ञहरूसँग छलफल गरी दीर्घकालीन उपाय खोज्ने काम समेत भइरहेको उनले उल्लेख गरे।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण : जितेन्द्र सोनल बने मुख्यमन्त्री

अशोज २९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend