Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र २०, २०८२
In प्रदेश
0

२० चैत,जनकपुर । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा आकस्मिक (छड्के) अनुगमन गरेका छन्।

शुक्रबार बिहान गरिएको अनुगमनका क्रममा मन्त्री महतोले अस्पतालको आकस्मिक कक्ष, प्रसूति गृह, डायलाइसिस विभाग, आईसीयू तथा ओपीडी सेवा अवलोकन गरेका थिए। यस क्रममा उनले उपचाररत बिरामीहरूसँग प्रत्यक्ष संवाद गर्दै सेवा सुविधा बारे जानकारी लिए भने अस्पतालका निर्देशक डा. जामुन प्रसाद सिंह सँग समग्र अवस्था बारे छलफल गरेका थिए।

अनुगमनका क्रममा निर्देशक डा. सिंहले अस्पतालमा कर्मचारी अभाव, सरसफाइमा देखिएको कमजोरी तथा आवश्यक पूर्वाधारको कमी बारे मन्त्रीको ध्यानाकर्षण गराएका थिए। साथै उनले राजनीतिक पहुँचका कारण स्वास्थ्य क्षेत्रमा हुनु पर्ने लगानी अन्यत्र खर्च हुने गरेको गुनासो पनि व्यक्त गरेका थिए।

अनुगमन पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री महतोले अस्पताल आफ्नो मन्त्रालय अन्तर्गत नपरे पनि आगामी बजेटमा सरसफाइ सुधार तथा आवश्यक सामग्री व्यवस्थापनका लागि बजेट विनियोजन गर्न पहल गर्ने बताए। उनले तत्कालका समस्याहरू विशेष गरी कर्मचारी दरबन्दीसम्बन्धी विषय सम्बन्धित निकायसँग समन्वय गरी छिट्टै समाधान गर्ने प्रतिबद्धता समेत जनाए।

मन्त्री महतोले जनकपुरधाममा सरसफाइ तथा फुटपाथ व्यवस्थापनको काम लगभग सम्पन्न भइसकेको उल्लेख गर्दै अब स्वास्थ्य र त्यसपछि शिक्षा क्षेत्रमा सुधारलाई प्राथमिकता दिने बताए।उनले हाल धनुषा जिल्लामा केन्द्रित भएर काम गरिरहेको जनाउँदै यहाँका समस्या समाधान भए पछि प्रदेशका अन्य जिल्लामा पनि पुगेर आवश्यक सुधारका पहल गर्ने योजना रहेको जानकारी दिए।

उल्लेखनीय छ, मन्त्री महतो विगत एक साता देखि जनकपुरधामका फुटपाथ अतिक्रमण हटाउन स्वयं डोजर सहित बजार क्षेत्रमा सक्रिय देखिएका थिए। अहिले शहरका अधिकांश फुटपाथ खाली भइसकेका छन्।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

चैत्र ३, २०८२
प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण : जितेन्द्र सोनल बने मुख्यमन्त्री

अशोज २९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चैत्र २०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend