Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कोइराला, मिश्र र थपलियालाई ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’ प्रदान

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २५, २०८०
In राष्ट्रिय
0

काठमाडौँ ,२५ असार : सरकारले नेपालको राजनीतिक/सैद्धान्तिक, नेपाली समाजको इतिहास, साहित्य, संस्कृति र विज्ञान प्रविधिका क्षेत्रमा खोज, अनुसन्धान एवं लेखन मार्फत योगदान पुर्याउने तीन विशिष्ट व्यक्तित्वलाई ‘पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७९’ प्रदान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो पुरस्कार प्रदान गर्नुभयो ।

राजनीतिक/सैद्धान्तिक विषयगत क्षेत्रमा कमल प्रसाद कोइराला, इतिहास विषयगत क्षेत्रमा बालचन्द्र मिश्र र साहित्य, संस्कृति र विज्ञान विषयगत क्षेत्रमा गोपाल प्रसाद थपलिया पुरस्कृत हुनुभएको होे । ती पुरस्कारको राशि प्रतिव्यक्ति रु. एक लाख रहेको छ ।

विसं २००३ को मिलहरुको हड्ताल एवं मजदुरको जुलुसमा आठ वर्षको उमेरमा रमिते बनेर सहभागी हुनुभएका कोइराला २०१२ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्य, २०१९ मा नेकपाको केन्द्रीय सदस्य, २०४७ मा नेकपा (एमाले)को केन्द्रीय सदस्य, २०५१ को निर्वाचनमा मोरङ क्षेत्र नं ५ बाट निर्वाचित सांसद तथा २०६४ सालमा दक्षिण कोरियाका लागि नेपाली प्रथम आवासीय राजदूत हुनुहुन्थ्यो ।

विसं २०२२ मा ज्याला बढाउ अभियानबाट शोषण, उत्पीडन विरोधी आन्दोलनमा होमिनु भएका थपलिया २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएको थियो । दक्षिण एसियाको कम्युनिष्ट आन्दोलनमा विद्यावारिधि गर्नुभएका मिश्र नेपाल विद्यावारिधि एसोसिएसनका अध्यक्ष, नवप्रवर्तन अनुसन्धान तथा शिक्षा प्रतिष्ठानका कार्यकारी अध्यक्ष हुनुहुन्छ ।

सरकारले राजनीति, इतिहास र साहित्य, संस्कृति एवं विज्ञान विषयगत क्षेत्रमा खोज, अनुसन्धान गरी मुलुकको विकास, समृद्धि र सम्वद्र्धनमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई सो पुरस्कार प्रदान गर्दै आएको छ ।

यसअघि सो पुरस्कारबाट डा. बेदुराम भुसाल, प्रा. डा. सुरेन्द्र केसी, शान्ता चौधरी, हिरण्यलाल श्रेष्ठ, मोदनाथ प्रश्रित, डा. जगमान गुरुङ, घनेन्द्र बस्नेत, डा. ढाकाराम सापकोटा, जगन्नाथ आचार्य, मोहनचन्द्र अधिकारी, प्रा. कृष्णप्रसाद पोखरेल, डा. माधवराज पन्थी, डा. राजेन्द्र विमल लगायत सम्मानित भइसक्नु भएको छ ।

सरकारले आर्थिक वर्ष २०६८/६९ को बजेट वक्तव्यमा सो पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको थियो । यो पुरस्कार हरेक वर्ष नेपालको राजनीतिक आन्दोलन तथा राजनीतिक/सैद्धान्तिक, नेपाली समाजको इतिहास र साहित्य तथा संस्कृति गरी तीन क्षेत्रमा खोज, अनुसन्धान र लेखनकार्य मार्फत नेपाली समाजको प्रगतिशील परिवर्तनका निम्ति गरिएको महत्वपूर्ण योगदानलाई कदर गर्दै ती स्रष्टालाई सम्मान गर्दै आएको छ । (रासस)

  • 21shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राष्ट्रिय

प्रहरी दिवसमा विभिन्न विधाका उत्कृष्ट प्रहरी कर्मचारीहरु लाई सम्मान

अशोज ३०, २०८१
राष्ट्रिय

६९ औं प्रहरी दिवस मनाइँदै, प्रधान कार्यालय परिसर सिंगारियो

अशोज २९, २०८१
राष्ट्रिय

आगामी संसद अधिवेशन बाट प्रहरी सम्बन्धी विधेयक पारित गरिने

अशोज २९, २०८१
राष्ट्रिय

अभ्यास क्याम्ब्रियन गस्ती स्वर्ण पदक नेपाली सेनालाई

अशोज २७, २०८१
राष्ट्रिय

अपराध विरूद्ध सबै एकजुट भएर आगडि बढ्नु पर्ने : प्रहरी महानिरीक्षक कुँवर

भदौ १६, २०८१
राष्ट्रिय

सेनाले जिम्मा लिएका राष्ट्रिय गौरवका आयोजनामा जग्गा अधिग्रहणकाे समस्या

साउन ४, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend