काठमाडौँ, २७ असार : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री मोदीले आज सामाजिक सञ्जाल ट्वीटर र्माफत सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको उल्लेख गर्नुभएको छ ।
साथै उहाँले प्रधानमन्त्री दाहालप्रति समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्राथना गर्नुभएको छ । सीता दाहालको थापाथली स्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो ।
दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । दाहाल माओवादी केन्द्रको सल्लाहकार समेत हुनुहुन्थ्यो ।(रासस)



















आफ्नो प्रतिकृया दिनुहोस्