Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जयनगर–भंगहाँ रेल सेवा विस्तार

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ३१, २०८०
In राष्ट्रिय
0

जनकपुरधाम, ३१ असार : महोत्तरीको लोहरपट्टी नगरपालिका–४ खुट्टाका ५५ वर्षीय जोगी साहलाई आफ्नै जीवनकालमा फेरि रेल चलेको देख्न पाइएला जस्तो लागेको थिएन । तर आज आँखा अगाडि २१ वर्षपछि रेल चलेको देख्दा साहलाई अचम्म त लागेको थियो नै त्योभन्दा बढी खुसी सम्हालि नसक्नु थियो । “हल्ला त धेरै सुनेको थिएँ तर विश्वास लागेको थिएन । आज त आफ्नै आँखा अगाडि रेल चलेको हेर्न पाइयो, यो सपना हो कि विपना हो जस्तै लागिरहेको छ ।

त्यही रेल चढेर भंगहाँ देखि जनकपुर पुग्दा त खुसीको सीमा नै छैन । कसरी व्यक्त गरुँ ?”, साहले भन्नुभयो । उहाँका अनुसार २१ वर्षअघि जयनगरदेखि भंगहाँ विजलपुरा सम्म रेल चलिरहेको थियो । त्यही रेलमा सो क्षेत्रका स्थानीयवासी जनकपुर र जयनगर सम्म यात्रा गर्थे तर रेल र रेल गुड्ने लिक तथा विगिही पुल भत्किएपछि सो सेवा अवरुद्ध भयो । “रेल बन्द भएपछि यतिका वर्षसम्म जनकपुर आउन पनि हामीलाई धेरै गाह्रो भएको थियो ।

जनकपुर पुग्न घन्टौँ लाग्थ्यो । अब रेल सञ्चालन भएपछि ३० मिनेटमै जनकपुर आवतजावत गर्न सहज हुने भयो । त्यसैले हाम्रो क्षेत्रका नागरिक निकै हर्षित छौँ”, साहले भन्नुभयो । त्यसैगरी भंगहाँकै ६० वर्षीया बेचनी थरुनीले पनि जीवनको उत्तरार्धमा फेरि आफ्नै आँगनमा रेल देख्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “हो बौवा हमई नई लागल्छलकि अई उमर मे रेल देख पाइब, लेखिन आई अपने आँगनमे रेल देख्के बुझाइए कि हम् स्वर्ग देखरहल छि । आब बहुत जल्दी वही रेल चहड क जानकी मैया के दर्शन करबाक इच्छा अई (यो उमेरमा फेरि रेल हेर्न पाइला भनेर सपनामा पनि सोचेकी थिइनँ तर आज आफ्नै आँगनमा रेल हेर्न पाएकामा ज्यूँदै स्वर्ग देखे जस्तो लागिरहेको छ । अब त्यही रेल चढेर जानकी माताको दर्शन गर्न जनकपुर पुग्ने इच्छा छ) ।”

साह र थरुनी मात्रै होइन,भंगहाँमा २१ वर्षपछि रेल देख्दा स्थानीयवासी निकै हर्षित छन् । त्यसैले आसपासका गाउँबाट समेत ट्र्याक्टर, मोटरसाइकल र निजी सवारी साधनमा हजारौँ मान्छे रेल हेर्न आएका थिए । त्यहीबीचमा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले झण्डा हल्लाएर रेललाई जनकपुरका लागि बिदाई गरेपछि स्थानीयवासीले पनि हात हल्लाएर खुसी व्यक्त गरे ।

त्यस अघि रेलसेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले जयनगर देखि जनकपुर कुर्थासम्म ३५ किलोमिटरमा रेल सञ्चालन हुँदै आएकामा अब थप १७ दशमलव तीन किलोमिटर सहित ५२ दशमलव तीन किलोमिटर लामो दूरीमा सेवा सञ्चालन हुन लागको बताउनु भयो ।

उहाँले गत जेठ १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उच्चस्तरीय भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री दाहालले संयुक्तरूपमा यो खण्डको भुर्चअल उद्घाटन गर्नुभए अनुसार रेल सञ्चालन भएको बताउनु भयो । “हामी भारत सरकारको रु १२ अर्बको अनुदान लागतमा बनेको यो खण्डमा रेल सञ्चालन गर्दैछौँ । त्यसका लागि म भारत सरकार र त्यहाँको जनताप्रति आभार व्यक्त गर्न चाहन्छु ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणकै बेला कुर्था–विजलपुरा यात्रुबाहक रेलसेवा र भारतको बथनाहादेखि नेपालको विराटनगर सम्म मालबाहक कार्गो सेवा सञ्चालनका लागि एकैसाथ उद्घाटन भएको हो । अहिले यो खण्डमा रेलसेवा सञ्चालन भइसक्यो, अब बथनाहा–विराटनगर खण्डको प्रक्रिया सुरु भइसकेको छ । चाँडै कार्गो सेवा पनि सञ्चालन गर्नेछौँ”, मन्त्री ज्वालाले भन्नुभयो ।

यसअघि न्यारोगेज रेलसेवा सञ्चालन भएको ठाउँमा अब ब्रोडगेज सेवा सुरु भएको भन्दै मन्त्री ज्वालाले यसले यातायात क्षेत्रमा ‘ब्रेकथ्रु’ को काम गर्ने बताउनु भयो । त्यसैगरी नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले दोस्रो चरणमा विजलपुरा सम्म रेलसेवा विस्तार गरिएको र जग्गाको मुआब्जा विवाद समाधान भएमा चाँडै तेस्रो चरणमा भंगहाँ विजलपुराबाट बर्दिवास सम्मको रेलवे पूर्वाधार निर्माणको काम सुरु हुने बताउनुभयो ।

कार्यक्रममा भारतीय राजदूतावासका डिसिएम प्रसन्न श्रीवास्तवले नेपालका प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा भएको सम्झौतानुसार रेलसेवा विस्तार भएको र यसले नेपाल–भारतको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विगत १५ महिनादेखि भारतको जयनगरबाट धनुषाको जनकपुरधाम कुर्था सम्म रेलसेवा सञ्चालनमा थियो ।

विसं २०७८ चैत १९ गतेदेखि सञ्चालनमा आए पनि सुरुमा एकपटक जनकपुरबाट जयनगर जाने र आउने सेवा दिँदै आएको रेल गत वर्ष मङ्सिरमा विवाहपञ्चमीको बेलादेखि दिनको आउनेजाने गरी चारपटक सेवा दिइरहेको छ ।

आज भंगहाँ सम्म सेवा विस्तार भएसँगै भोलि देखि थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीनपटक आउने र जाने सेवा प्रदान गरिने महाप्रबन्धक झाले बताउनुभयो । यद्यपि भंगहाँ स्टेशनमा दिनको एकपटक मात्र बिहान जाने र साँझ फर्किने गरी सेवा प्रदान गर्ने झाले जानकारी दिनुभयो ।(रासस)

  • 6shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राष्ट्रिय

प्रहरी दिवसमा विभिन्न विधाका उत्कृष्ट प्रहरी कर्मचारीहरु लाई सम्मान

अशोज ३०, २०८१
राष्ट्रिय

६९ औं प्रहरी दिवस मनाइँदै, प्रधान कार्यालय परिसर सिंगारियो

अशोज २९, २०८१
राष्ट्रिय

आगामी संसद अधिवेशन बाट प्रहरी सम्बन्धी विधेयक पारित गरिने

अशोज २९, २०८१
राष्ट्रिय

अभ्यास क्याम्ब्रियन गस्ती स्वर्ण पदक नेपाली सेनालाई

अशोज २७, २०८१
राष्ट्रिय

अपराध विरूद्ध सबै एकजुट भएर आगडि बढ्नु पर्ने : प्रहरी महानिरीक्षक कुँवर

भदौ १६, २०८१
राष्ट्रिय

सेनाले जिम्मा लिएका राष्ट्रिय गौरवका आयोजनामा जग्गा अधिग्रहणकाे समस्या

साउन ४, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend