Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

संस्कार र संस्कृतिले सम्पन्न नेपाल ज्ञानभूमि हो : ओली

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन ३०, २०८०
In राष्ट्रिय
0

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल विभिन्न चाडपर्व, संस्कृति र सम्पदाले सम्पन्न मुलुक भएको बताएका छन् । विश्वका कतिपय देशहरू ठूला र विकसित भए पनि नेपालमा जस्तो संमृद्ध संस्कृति र परम्परा अन्त नभएको दाबी उनले गरेका हुन् ।

साउनको अन्तिम सोमबार पारेर भक्तपुरस्थित डोलेश्वर महादेवको दर्शन गर्न हिजो साँझ त्यहाँ पुगेका एमाले अध्यक्ष ओलीले नेपालमा गौरवपूर्ण सनातन परम्परा, संस्कृति रहेको स्मरण गरे । त्यसको संरक्षण गर्दै नेपाल र विश्वसलाई नै अघि बढाउन देशका महान विभूतिहरूले महत्वपूर्ण योगदान गरेको चर्चा गरे ।एमाले अध्यक्ष ओलीले भने,‘कतिपय विकसित देशहरूमा सनातन परम्परा भन्ने कुरा नै छैन ।

कति देश ठूला छन् तर भर्खर बनेका छन् । जसमा कुनै संस्कृति विकास हुनै पाएको छैन । तर हाम्रो देश अत्यन्तै गौरवपूर्ण छ ।प्राकृति पक्ष बाहेक प्रारम्भ देखि नै नेपालमा शिव, पशुपतिनाथ, रुद्र, शंकर, महादेव, केदारनाथ आदि मान्दै आएको पनि बताए । साउनको सोमबारलाई सैव समुदाय र नाथ सम्प्रदायले विशेष दिनका रुपमा मनाउने गरेको पनि ओलीले चर्चा गरे ।

डोलेश्वरलाई केदारनाथको शिर मानिने गरेको बताउँदै ओलीले शंकराचार्यले त्यसलाई प्रमाणित गरेको दाबी गरे । नेपाल देवभूमि, अत्यन्तै पावनभूमि, यो तपोभूमि, ध्यानभूमि, ज्ञानभूमि भएको जनाउँदै ओलीले थपे,‘उहाँबाट यो धर्तीमा सभ्यताको सुरुवात शम्भुनाथबाट भएको छ ।

शम्भुनाथकै एउटा रुप केदारनाथ, यस ठाउँलाई, उहाँको शिवलिंगलाई प्राकृतिकरुपमै केदारनाथको शिर भनेर मानिएको छ । र, शंकर आचार्यले यसलाई केदारनाथको शिर भनेर उहाँले प्रमाणित गर्नु भएको छ ।हाम्रा परम्परागत, सांस्कृति तथा संस्कारजन्य कार्यहरुमा सरिक हुन पाएकोमा प्रसन्नता व्यक्त गर्दै एमाले अध्यक्ष ओलीले देशको संस्कृति र परम्परा संरक्षणमा लाग्न पनि अनुरोध गरे ।

केदारनाथको शिर मानिने डोलेश्वरमा आरती दर्शन तथा टिका ग्रहण गरेका ओलीले त्यसक्षेत्रको विकास र संमृद्धिमा विगत देखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 

  • 1share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राष्ट्रिय

प्रहरी दिवसमा विभिन्न विधाका उत्कृष्ट प्रहरी कर्मचारीहरु लाई सम्मान

अशोज ३०, २०८१
राष्ट्रिय

६९ औं प्रहरी दिवस मनाइँदै, प्रधान कार्यालय परिसर सिंगारियो

अशोज २९, २०८१
राष्ट्रिय

आगामी संसद अधिवेशन बाट प्रहरी सम्बन्धी विधेयक पारित गरिने

अशोज २९, २०८१
राष्ट्रिय

अभ्यास क्याम्ब्रियन गस्ती स्वर्ण पदक नेपाली सेनालाई

अशोज २७, २०८१
राष्ट्रिय

अपराध विरूद्ध सबै एकजुट भएर आगडि बढ्नु पर्ने : प्रहरी महानिरीक्षक कुँवर

भदौ १६, २०८१
राष्ट्रिय

सेनाले जिम्मा लिएका राष्ट्रिय गौरवका आयोजनामा जग्गा अधिग्रहणकाे समस्या

साउन ४, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend