Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सरुवा सामान्य घटना हो, म पूर्ण सन्तुष्ट छु : एसएसपी कार्की

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ ७, २०८०
In राष्ट्रिय
0

काठमाडौं : जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दान बहादुर कार्कीले, आफ्नो सरुवालाई सामान्य रुपमा लिएको टिप्पणी गरेका छन् ।परिसरबाट सरुवा भएपछि आफ्नो कार्यकालमा भएका प्रगतिबारे जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकालमा आफूले गरेका कामबाट आफू सन्तुष्ट रहेको बताउँदै सरुवालाई सामान्य रुपमा लिएको बताए ।


उनले भने ‘ आवश्यकता अनुसार सरुवा हुन्छ । सरुवा काम गर्नका लागि हो । आफ्नो तोकिएको काम गर्ने हो । मलाई तोकिएको काम मैले यहाँ गरे । अब आउनेले पनि गर्नु हुन्छ । कानूनले तोके बमोजिमको काम गर्ने हो । अर्को ठाउँ गएपनि मेरो काम निरन्तर हुन्छ । सामान्य छ यो कुरा । हाम्रो संगठनले दिएको भूमिका निर्वाह गर्ने हो । त्यसमा म खुसी छु ।’उनले २०७९ माघ देखी २०८० श्रावण महिनासम्मको कार्यकालमा प्रहरी हिरासत कक्षमा पुस्तकालयको व्यवस्था गरेको विषयलाई उल्लेख्य कामको रुपमा अर्थाए ।

कैदीहरु आफ्नो शुद्धिकरणको लागि पुस्तकको प्रयोग गर्न सक्ने भन्दै प्रहरी वृत्त बालाजु, बौद्ध, लैनचौर, सिंहदरबार, कालिमाटीको हिरासत कक्षमा पुस्तकालयको व्यवस्था गरिएको बताए ।यस्तै, उक्त कार्यकालमा जिल्ला प्रहरी परिसर, काठमाण्डौ तथा मातहतसमेतको सेवा लिन आएका सोह्र हजार पाँच सय पैसठ्ठी सेवाग्राहीहरुलाई सेवा प्रदान गरेको र यस परिसर तथा मातहत कार्यालयहरुमा ८३ वटा सि.सि.टी.भी जडान गरेको बताए ।

उक्त ८३ वटा सि.सि.टी.भी १८ वृत कालिमाटी, बानेश्वर १६, जनसेवा १३, दरवारमार्ग १४, बालाजु ६, स्वयम्भु ५, प्रभाग कपन ४ र साँखु ७ वटा रहेको छ ।उक्त अवधिमा बैंकिङ कसुरमा ४हजार ७ सय २३ निवेदन दर्ता भएकोमा ७ सय २१ जना पक्राउ परेको उनले जानकारी दिए ।त्यस्तै अभद्र ब्यबहारमा १ हजार ९ सय १७, २ हजार ५ सय २० जना पक्राउ परेको र चोरी सम्बन्धी कसुरमा ४ सय २४ मुद्दा दर्ता भएकोमा ६ सय ४३ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

त्यस्तै ठगीमा २४३ मुद्दा दर्ता भएको र १ सय ८१ जना पक्राउ परेको, लागुऔषधमा २ सय २२ दर्ता, ३ सय ८७ पक्राउ, आत्महत्या सम्बन्धी कसुरमा २ सय ४८ केश दर्ता भएको छ भने पक्राउ भने कोही परेका छैनन् ।यस्तै, महिला तथा बालबालिका सम्बन्धी कसुरमा २सय २४ दर्ता, २१७ पक्राउ, सवारी ज्यान तथा अंगभंग सम्बन्धी कसुरमा ११५ दर्ता, ११८ जना पक्राउ, कर्तव्य ज्यानमा १३ दर्ता, १७ पक्राउ र अन्य अपराधमा ७९४ केश दर्ता र ११३६ जना पक्राउ परेको परिसरले जनाएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत माघदेखि साउन महिनासम्ममा काठमाडौं जिल्लाको विभिन्न स्थानहरुमा विभिन्न सरोकारवाला निकायहरुसँगको सहकार्यमा १ हजार ८ सय ५१ वटा कार्यक्रम सम्पन्न भएको र त्यसबाट १ लाख ४७ हजार ९ सय ५ जना लाभान्वित भएको परिसरको दाबी छ ।त्यसैगरी उक्त अवधीमा राजनीतिक गतिविधिहरु पनि प्रशस्त रुपमा भएका छन् जसमध्ये धर्ना २३५, कोण सभा ५८, विरोध जुलुस ३४८, विरोध र्‍याली ९७, अनसन १२ र तालाबन्दी ४५ वटा भएका छन् ।

  • 17shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राष्ट्रिय

प्रहरी दिवसमा विभिन्न विधाका उत्कृष्ट प्रहरी कर्मचारीहरु लाई सम्मान

अशोज ३०, २०८१
राष्ट्रिय

६९ औं प्रहरी दिवस मनाइँदै, प्रधान कार्यालय परिसर सिंगारियो

अशोज २९, २०८१
राष्ट्रिय

आगामी संसद अधिवेशन बाट प्रहरी सम्बन्धी विधेयक पारित गरिने

अशोज २९, २०८१
राष्ट्रिय

अभ्यास क्याम्ब्रियन गस्ती स्वर्ण पदक नेपाली सेनालाई

अशोज २७, २०८१
राष्ट्रिय

अपराध विरूद्ध सबै एकजुट भएर आगडि बढ्नु पर्ने : प्रहरी महानिरीक्षक कुँवर

भदौ १६, २०८१
राष्ट्रिय

सेनाले जिम्मा लिएका राष्ट्रिय गौरवका आयोजनामा जग्गा अधिग्रहणकाे समस्या

साउन ४, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend