Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

आजदेखि सर्वोच्च अदालतको पेशी अटोमेसन प्रणालीबाट

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ ११, २०८०
In राष्ट्रिय
0

काठमाडौं : सर्वोच्च अदालतमा आजदेखि अटोमेसन प्रणालीद्वारा पेशी तोकिने भएको छ ।प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले आज अटोमेसन प्रणालीमा पेशी तोक्ने व्यवस्थाको उद्घाटन गर्ने भएका छन् ।आजसम्म गोला प्रणालीबाट सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको पेशी तोक्ने गरिन्थ्यो ।

अब भने ‘डिजिटल सिस्टम’ले नै मुद्दाको पेशी तोकिने छ ।अदालतको पेशी व्यवस्थापनलाई पारदर्शी बनाउन अटोमेसनबाट पेशी तोक्न लागिएको सर्वोच्च अदालतले जनाएको छ ।

अटोमेसन प्रणालीले सर्वोच्चमा न्यायिक सुशासनको सुरुवात गरेको छ : प्रधानन्यायाधीश श्रेष्ठ
सर्वोच्च अदालतका प्रधानन्यायधीश विश्वम्भर प्रसाद श्रेष्ठले अटोमेसन प्रणालीले पेसी तारेखमा अदालतभित्र एकरुपता,पारदर्शीता र विश्वसनीयता कायम गर्ने भन्दै अदालतमा न्यायिक सुशासनको सुरुवात भएको बताएका छन् ।सोमबार अदालतमा हुने गरेको पेसी तारेख निर्धारणको कार्य स्वचालित रूपमा सफ्टवेयर, अटोमेसन प्रणाली (स्वचालित पेसी तारेख व्यवस्थापन प्रणाली) बाट हुने गरी व्यवस्था गरिएसँगै त्यसको उद्घान गरेका प्रधानन्यायाधीश श्रेष्ठले पेसी तारेखमा अदालतभित्र एकरुपता,पारदर्शीता र विश्वसनीयता कायम गर्न सहयोग पुग्ने धारणा राखे ।

उनले भने, ‘अटोमेसन प्रणाली सर्वाेच्च अदालतमा लागू भएको छ । यसले अब कर्मचारीहरुलाई पनि निश्चििन्तता हुने,सेवाग्राहीलाई पनि निश्चिन्तता हुने र अब यो एउटा सुधारको प्रकृयामा अगाडि बढेको जस्तो लाग्छ । पेसी व्यवस्थापन एउटा कडी हो,तारेख तोक्ने एउटा सुरुवात गरेका छौ हामीले, अब शायद हाम्रा कर्मचारी साथीहरुले निर्धक्कसँग उच्च मनोेवल राखेर काम गर्नलाई यसले मद्दत गर्छ भन्ने लागेको छ ।’

सर्वोच्चमा ऐतिहासिक कामको सुरुवात भएको बताएका उनले न्यायालयमा न्यायिक सुशासनको सुरुवात भएको बताए ।‘आजको यो कामले न्यायिक सुशासनको लागि राम्रै सुरुवात भएको मैले महसुस गरेको छु ।’ उनले भने ।

श्रेष्ठले सर्वोच्च अदालतमा आफ्नै प्रयासमा अटोमेसन प्रणाली लागू गरेको भन्दै यो प्रणाली सफल सावित भए अन्य अदालतमा पनि लागू गरिने धारणा राखे ।सर्वोच्च अदालतमा विचाराधीन मुद्दाहरूमा तोकिने पेसी तारेख हालसम्म मानवीय रूपमा निर्धारण गरी पछि सो को विवरणलाई सफ्टवेयरमा प्रविष्टि गर्ने गरिदै आएको थियो ।

  • 47shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राष्ट्रिय

प्रहरी दिवसमा विभिन्न विधाका उत्कृष्ट प्रहरी कर्मचारीहरु लाई सम्मान

अशोज ३०, २०८१
राष्ट्रिय

६९ औं प्रहरी दिवस मनाइँदै, प्रधान कार्यालय परिसर सिंगारियो

अशोज २९, २०८१
राष्ट्रिय

आगामी संसद अधिवेशन बाट प्रहरी सम्बन्धी विधेयक पारित गरिने

अशोज २९, २०८१
राष्ट्रिय

अभ्यास क्याम्ब्रियन गस्ती स्वर्ण पदक नेपाली सेनालाई

अशोज २७, २०८१
राष्ट्रिय

अपराध विरूद्ध सबै एकजुट भएर आगडि बढ्नु पर्ने : प्रहरी महानिरीक्षक कुँवर

भदौ १६, २०८१
राष्ट्रिय

सेनाले जिम्मा लिएका राष्ट्रिय गौरवका आयोजनामा जग्गा अधिग्रहणकाे समस्या

साउन ४, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend