काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार विशेष चियापान कार्यक्रमको आयोजना गर्यो ।काठमाडौंको च:मति स्थित पार्टी मुख्यालयमा चियापान सहितको शुभकामना आदनप्रदान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न दलका शीर्ष नेताहरू च: मति पुगे ।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, आम जनता पार्टीका अध्यक्ष प्रभु साह लगायत नेताले घण्टी बजाएर रास्वपा लाई दोस्रो वर्षगाँठको शुभकामना दिए ।

अतिथिलाई स्वागत गर्न रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, उपसभापति डोल प्रसाद अर्याल सहितका पदाधिकारी र सांसद स्वयम् खटिएका छन् ।७ असार २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो ।

जन्मिएको करिब ५ महिनामै आम चुनावमा होमिएको रास्वपा २० सिट सहित संसदमा शानदार प्रवेश गरेको थियो । वैशाख २०८० मा चितवन– २ मा पुनः र तनहुँ– २ मा भएको उपचुनाव पनि रास्वपाले जितेको थियो । यसपछि एक सिट थपिँदा संसदमा रास्वपाको २१ सिट पुगेको छ ।




आफ्नो प्रतिकृया दिनुहोस्