१० मंसिर,काठमाडौं: नेपाली बजारमा सोमबार सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रति तोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रति तोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।
अर्थ मन्त्रालयले सुनको भन्सार दर घटाएर १० प्रतिशत कायम गरे पछि मूल्यमा उच्च गिरावट आएको हो ।

















आफ्नो प्रतिकृया दिनुहोस्