६असार , जनकपुर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य ८ सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
विहीबार सुन प्रतितोला एक लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
















आफ्नो प्रतिकृया दिनुहोस्