३१साउन, जनकपुरधाम । नेपाली बजारमा आज(मंगलबार) सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने रु ४० ले घटेको छ ।सोमबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार पनि सोही मूल्य कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउभने घटेको छ । चाँदी प्रति तोला दुई हजार दुई सय ७५ रुपैयाँ कायम भएको छ ।चाँदी सोमबार प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
















आफ्नो प्रतिकृया दिनुहोस्