Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

युवामा नेतृत्व र देशभक्ति विकास हुनु राष्ट्रका लागि गौरवको कुरा : राष्ट्रपति पौडेल

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन १, २०८२
In विशेष खबर
0

१ फागुन,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय क्याडेट कोर (एनसीसी) ले युवाहरूमा राष्ट्रियता, देशभक्ति र नेतृत्व विकास गर्न खेलिरहेको भूमिकाको उच्च प्रशंसा गर्नु भएको छ। शुक्रबार शीतल निवासमा आयोजित ‘एनसीसी युथ एक्सचेन्ज प्रोग्राम’ का सहभागीहरूलाई सम्बोधन गर्दै उहाँले विश्वव्यापी अवधारणाका रूपमा स्थापित एनसीसीले नेपाली युवाहरूलाई आत्मविश्वास र राष्ट्रसेवाको भावनाले ओतप्रोत बनाउनु अत्यन्तै सकारात्मक पक्ष रहेको बताउनुभयो।

राष्ट्रपति पौडेलले यस कार्यक्रमले विभिन्न देशका युवाहरूलाई एउटै मञ्चमा एकत्रित गरी उनीहरूलाई वफादार, अनुशासित र जिम्मेवार नागरिकका रूपमा रूपान्तरण गर्दै भविष्यको सफल नेतृत्वकर्ता तयार पारिरहेको धारणा व्यक्त गर्नु भयो। उहाँका अनुसार युवाहरूमा यस्ता गुणहरूको विकास हुनु खुसीको विषय मात्र नभई राष्ट्र निर्माणका लागि एक बलियो आधार पनि हो।

सम्बोधनका क्रममा उहाँले युवा आदान–प्रदान कार्यक्रमको कूटनीतिक र सांस्कृतिक महत्त्वमाथि पनि प्रकाश पार्नु भयो। नेपाली सेनाले मित्र राष्ट्रका सेनाहरूसँगको आपसी सम्बन्धलाई थप प्रगाढ बनाउन यस्ता कार्यक्रमले सेतुको काम गरेको उहाँको भनाइ थियो।

हालै भारत, भुटान, पाकिस्तान र माल्दिभ्समा आयोजित कार्यक्रमहरूमा सहभागी भएका नेपाली क्याडेटहरूले आफ्नो सीप, संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा साटासाट गर्ने सुनौलो अवसर पाएको राष्ट्रपतिले उल्लेख गर्नुभयो।

अन्त्यमा, राष्ट्रपति पौडेलले यस्ता अन्तर्राष्ट्रिय अनुभवले युवाहरूलाई विभिन्न देशको सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थ बुझ्न मद्दत गर्ने विश्वास दिलाउनुभयो। ‘विश्व नै एक समुदाय हो’ भन्ने भावनालाई बलियो बनाउँदै मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई थप सुमधुर बनाउन यस्ता कार्यक्रमले कोशेढुङ्गा सावित हुने विश्वासका साथ उहाँले आफ्नो सम्बोधन टुङ्ग्याउनु भयो।

  • 19shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विशेष खबर

निर्वाचन तयारीको अनुगमनका लागि प्रधानमन्त्रीको मुस्ताङ र कास्की भ्रमण

फाल्गुन ८, २०८२
विशेष खबर

राष्ट्रिय प्रजातन्त्र दिवस: शहीदको स्मरण र उत्साहका बीच देशभर विविध कार्यक्रम गरी मनाइयो

फाल्गुन ७, २०८२
विशेष खबर

प्रतिनिधि सभा निर्वाचनका लागि भारतद्वारा थप २२३ सवारी साधन हस्तान्तरण

माघ २९, २०८२
विशेष खबर

बालेनको मधेश यात्रा : संगठन विस्तार र जनसंवाद अभियान तीव्र

माघ २७, २०८२
विशेष खबर

अभिनेता थापाको असामयिक निधन प्रति प्रधानमन्त्री कार्कीद्वारा दु:ख व्यक्त

माघ २४, २०८२
विशेष खबर

जलेश्वरमा पाँचतारे साँग्रिला प्रिमियर रिसोर्ट एण्ड क्यासिनो, लगानीकर्ताका लागि सीमावर्ती पर्यटनको सुनौलो अवसर

माघ २१, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आना शर्माको ‘रमिताको पिरती’ अदालतको कठघरामा

फाल्गुन ८, २०८२

निर्वाचन तयारीको अनुगमनका लागि प्रधानमन्त्रीको मुस्ताङ र कास्की भ्रमण

फाल्गुन ८, २०८२

गौरमा दुई पक्षबीच झडप : स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार

फाल्गुन ८, २०८२

आज सामाजिक न्याय दिवस

फाल्गुन ८, २०८२

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वरमा

फाल्गुन ८, २०८२

दोस्रो जनकपुर अन्तरराष्ट्रिय फिल्म महोत्सव शुरु

फाल्गुन ८, २०८२

कुकुर भुकेकै निहुँमा मण्डपमा चल्यो लाठी-मुङ्ग्री, बेहुलीले तोडिन् सम्बन्ध

फाल्गुन ८, २०८२

राष्ट्रिय प्रजातन्त्र दिवस: शहीदको स्मरण र उत्साहका बीच देशभर विविध कार्यक्रम गरी मनाइयो

फाल्गुन ७, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend