Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

निर्वाचन तयारीको अनुगमनका लागि प्रधानमन्त्रीको मुस्ताङ र कास्की भ्रमण

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन ८, २०८२
In विशेष खबर
0

८ फागुन,काठमाडौं । आसन्न निर्वाचनलाई निष्पक्ष र सुरक्षित तवरले सम्पन्न गर्ने उद्देश्यका साथ प्रधानमन्त्री सुशीला कार्कीले आज गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूको स्थलगत भ्रमण गरी तयारीको विस्तृत अनुगमन तथा समीक्षा गर्नुभएको छ। भ्रमणका क्रममा हिमाली जिल्ला मुस्ताङ पुग्नुभएकी प्रधानमन्त्रीले प्रसिद्ध मुक्तिनाथ मन्दिर र जोमसोम लगायतका क्षेत्रको अवलोकन गर्दै स्थानीय बासिन्दा र निर्वाचनमा खटिएका कर्मचारीहरूसँग प्रत्यक्ष संवाद गर्नु भयो।

जोमसोममा आयोजित उच्चस्तरीय बैठकमा प्रमुख जिल्ला अधिकारी र मुख्य निर्वाचन अधिकृतसहित सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचनका सम्भावित चुनौती र विशेष गरी हिमाली क्षेत्रमा हुन सक्ने मौसमी प्रतिकूलताका विषयमा गम्भीर छलफल भएको थियो।

बैठकमा माथिल्लो भेगमा हिमपात वा वर्षा भएमा मतदान प्रक्रिया प्रभावित हुन सक्ने सम्भावना औँल्याइएपछि प्रधानमन्त्री कार्कीले विकट क्षेत्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीका लागि आवश्यक औषधी, प्राथमिक उपचार सामग्री र अन्य उपकरणको पर्याप्त व्यवस्था गर्न कडा निर्देशन दिनुभयो।

मुस्ताङका विभिन्न हिमाली बस्तीहरूको हवाई निरीक्षण समेत गर्नु भएकी प्रधानमन्त्रीले राज्यका तर्फबाट कुनै पनि प्राविधिक वा व्यवस्थापकीय कमी हुन नदिने प्रतिबद्धता जनाउनु भयो।मुस्ताङको भ्रमण सकेर पोखरा आइपुग्नु भएकी प्रधानमन्त्रीले विजयपुरस्थित नेपाली सेनाको पश्चिम पृतना मुख्यालयमा गण्डकी प्रदेश कमान्ड पोस्ट तथा निर्वाचन सेलको विशेष बैठकमा सहभागिता जनाउनु भयो।

उक्त बैठकमा प्रदेशका मुख्य सचिव डण्डुराज घिमिरे र पृतनापति उपरथी भोला थापाले निर्वाचन सुरक्षा व्यवस्थापन, मतदान स्थलको सुरक्षा र आकस्मिक योजनाका विषयमा विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो। सो अवसरमा कास्कीका मुख्य निर्वाचन अधिकृत, नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीआईजीहरू तथा प्रमुख जिल्ला अधिकारी लगायतका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

सबै निकायका धारणा सुने पछि प्रधानमन्त्रीले सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राख्न र मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता मिलाउन निर्देशन दिनु भएको छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विशेष खबर

राष्ट्रिय प्रजातन्त्र दिवस: शहीदको स्मरण र उत्साहका बीच देशभर विविध कार्यक्रम गरी मनाइयो

फाल्गुन ७, २०८२
विशेष खबर

युवामा नेतृत्व र देशभक्ति विकास हुनु राष्ट्रका लागि गौरवको कुरा : राष्ट्रपति पौडेल

फाल्गुन १, २०८२
विशेष खबर

प्रतिनिधि सभा निर्वाचनका लागि भारतद्वारा थप २२३ सवारी साधन हस्तान्तरण

माघ २९, २०८२
विशेष खबर

बालेनको मधेश यात्रा : संगठन विस्तार र जनसंवाद अभियान तीव्र

माघ २७, २०८२
विशेष खबर

अभिनेता थापाको असामयिक निधन प्रति प्रधानमन्त्री कार्कीद्वारा दु:ख व्यक्त

माघ २४, २०८२
विशेष खबर

जलेश्वरमा पाँचतारे साँग्रिला प्रिमियर रिसोर्ट एण्ड क्यासिनो, लगानीकर्ताका लागि सीमावर्ती पर्यटनको सुनौलो अवसर

माघ २१, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आना शर्माको ‘रमिताको पिरती’ अदालतको कठघरामा

फाल्गुन ८, २०८२

निर्वाचन तयारीको अनुगमनका लागि प्रधानमन्त्रीको मुस्ताङ र कास्की भ्रमण

फाल्गुन ८, २०८२

गौरमा दुई पक्षबीच झडप : स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार

फाल्गुन ८, २०८२

आज सामाजिक न्याय दिवस

फाल्गुन ८, २०८२

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वरमा

फाल्गुन ८, २०८२

दोस्रो जनकपुर अन्तरराष्ट्रिय फिल्म महोत्सव शुरु

फाल्गुन ८, २०८२

कुकुर भुकेकै निहुँमा मण्डपमा चल्यो लाठी-मुङ्ग्री, बेहुलीले तोडिन् सम्बन्ध

फाल्गुन ८, २०८२

राष्ट्रिय प्रजातन्त्र दिवस: शहीदको स्मरण र उत्साहका बीच देशभर विविध कार्यक्रम गरी मनाइयो

फाल्गुन ७, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal